कन्सुलर विभागमा रुसी सेनाका परिवारद्वारा धर्ना, प्रहरीद्वारा बल प्रयोग

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ११,

मुलुकमा कन्सुलर सेवा विभागमा धर्ना दिन पुगेका रुसी सेनामा भर्ती भएर मृत्यु एवं बेपत्ता भएका परिवारका आफन्तहरूलाई बल प्रयोग गरेर प्रहरीले हटाएको छ। रुसी सेनामा भर्ती हुन पुगेका नेपालीको जीवनरक्षा, मृत्यु भएकाहरूको उचित क्षतिपूर्तिसहित शव उपलब्ध गराउनुपर्ने, वेपत्ताहरूको स्थिती पत्ता लगाइदिनुपर्ने लगायतका माग राखेर उक्त समूह धर्ना दिन पुगेको थियो। अभियन्ता कृतु भण्डारीको नेतृत्वमा शुक्रबार त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा धर्ना दिन पुगेकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो नागरिक न्युजले संकलन गरेको भिडिओमा पुरुष प्रहरीहरूले धर्नारत् महिलामाथि बल प्रयोग गरेको देखिएको छ। नेपाल सरकार र कन्सुलर विभागजस्ता सरकारी निकायहरूले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै उक्त टोली विभागका महानिर्देशक प्रकाशमणि पौडेलको कार्यकक्षमा धर्ना दिन पुगको हो। ‘हामीले पटक–पटक गरेका मागहरू उहाँहरूले ध्यान दिनुभएन। आज पनि ध्यानाकर्षण गराउन महानिर्देशकज्युलाई भेट्न आएका हौं,’ अभियन्ता भण्डारीले भनिन्,‘ उहाँले खास्सै महत्व नदिएपछि धर्ना बस्नुपर्‍यो।’

Like