अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

तनहुँमा हालसम्म ३६ सव फेला, खोजतलास तथा उद्वार कार्य जारी

Share to:

​अन्जनराज न्यौपाने/तनहुँ, भाद्र १३,

मुलुकमा यहि भदौ १० गते भोटे कोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरूको खोज तथा उद्धारका क्रममा जिल्ला तनहुँको आँबुखैरेनी र देवघाट क्षेत्रबाट हालसम्म ३६ वटा शव फेला परेका छन्।
​जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यस कार्यालय तथा मातहतबाट परिचालित प्रहरी टोलीले चार दिनको अवधिमा शवहरू फेला पारेर सम्बन्धित अस्पतालमा राखेको हो।
​फेला परेका शवको तथ्याङ्क
​| मिति | स्थान | फेला परेको शव संख्या | राखिएको अस्पताल |
| :— | :— | :— | :— |
| २०८३-०५-१० | आँबुखैरेनी गा.पा. र देवघाट गा.पा. | ९ वटा | गण्डकी अस्पताल, पोखरा (९ वटा) |
| २०८३-०५-११ | आँबुखैरेनी र देवघाट क्षेत्र | १९ वटा | गण्डकी अस्पताल, पोखरा (१४ वटा)
दमौली अस्पताल (५ वटा) |
| २०८३-०५-१२ | देवघाट गा.पा.-५ | ३ वटा | दमौली अस्पताल (३ वटा) |
| २०८३-०५-१३ | देवघाट गा.पा.-५ (३ वटा)
आँबुखैरेनी गा.पा.-४ (२ वटा) | ५ वटा | दमौली अस्पताल (५ वटा) |
| जम्मा | तनहुँ जिल्ला | ३६ वटा | गण्डकी अस्पताल : २३ वटा
दमौली अस्पताल : १३ वटा |
​प्रहरीले फेला परेका सबै शवहरूको पहिचानका लागि प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।
​जिल्ला प्रहरी कार्यालय तनहुँले खोज तथा उद्धार कार्य निरन्तर रहने र नदी किनार तथा आसपासका क्षेत्रमा सघन खोजी भइरहेको जानकारी दिएको छ।
​जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की र सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले दिएको जानकारी अनुसार खोज तथा अनुसन्धान जारी छ।

Like