काठमाडौंमा कीर्तिमानी कामीरितालाई भव्य स्वागत
रासंसा/काठमाण्डौ, ज्येष्ठ ११,
मुलुकमा ३० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका कामीरिता शेर्पा काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार कामीरिताको भव्य स्वागत गरिएको छ। उनले बुधबार बिहान ७:४९ बजे ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। उनले यो सिजनमा मात्रै दुई पटक सगरमाथा आरोहण गरेका छन्। त्यस्तै पासाङ दावाले हालसम्म २७ पटक सगरमाथाको सफल आरोहण गरेका छन्।
Like