काठमाडौँमा थारु समुदायको मागी

Share to:

रासंसा/काठमाण्डौ, माघ १,

मुलुकमा काठमाण्डौमा बसोबास गर्दै आएका थारु समुदायले आज माघी पर्व धूमधामका साथ मनाइरहेका छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । काठमाण्डौको वसन्तपुरमा भेला भएका थारु समुदायले आफ्नो कला–संस्कृति झल्कने पहिरनमा सजिएर शुभकामना आदानप्रदान गरेका छन्। माघ १ गतेदेखि पाँच दिनसम्म धूमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

Like