सांसद गिरिको भनाइ सलाम गर्छु बालेन जीलाई, हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो
रासंसा/काठमाण्डौ, ज्येष्ठ २८,
मुलुकमा नेपाली कांग्रेसका सांसद दिपक गिरिले सांसदहरुलाई ‘झोले’को संज्ञा दिएका छन्। उनले आइतबारको संसदमा बजेटमा माथिको छलफलमा भाग लिदै भने, ‘म त सलाम गर्छु बालेन जीलाई। कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो।’ महानगरपालिकाका मेयर बालेन शाहले ‘झोले’ लाई वडाध्यक्षको स्तरमा पुर्याइदिएको भन्दै शाहलाई ‘सलाम’ गरेका छन्। सांसद गिरिले सांसदहरु इमान्दार नभएकाले विकृतिहरु बढेको समेत बताए। उनले सर्वसाधारणहरुले रात बिरात आफ्ना समस्याहरु राख्ने गरेको तर सांसदहरुले उनीहरुलाई सहयोग गर्न सक्ने अवस्था नरहेको भन्दै सांसदहरु ‘झोले’को अवस्थामा पुगेको बताए। सासद गिरिले सांसदहरु इमान्दार भए भने ५ करोड रुपैयाँ (सांसद विकास कोष) मात्र होइन जति रुपैया भएपनि ठाँउमा खर्च हुने बताए। ‘म आग्रह गर्न चाहन्छु सांसदहरुको हविगत हैसियत के छ भनेर? म आफू झोले सांसद भन्न चाहन्छु। राती १२ एउटा फोन आउँछ एउटी बुढीआमाकी , एउटा खसी पालेकी थिए, त्यो मर्र्यो नि बाबुले केही गरिदिन्छु हुन्छकी भनेर, अर्को मेरी बुहारी छोरालाई किताब लिन्छु भनेर नेपालगंज गएकी २७ दिन भयो आजसम्म आएकी छैन। खोजबीन गरिदिनप¥र्यो। थाहा छ नागरिकहरुलाई? कानुन बनाउने हो, विधेयक बनाउने हो, थाहा छैन’, सांसद गिरिले भने। उनले अर्थमन्त्री तथा गठबन्धनका नेताहरुले बजेट आफ्नो जिल्लामा मात्र केन्द्रित गरेको आरोप लगाए। ‘पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेट बुटवलमा हाल्नुपर्ने। छिमेकी जिल्लाका एमाले सांसदहरुले गुनासो गर्नुपर्ने। अहिले पनि गठबन्धनकै नेताहरुको बजेट गएको कुराहरु सुन्नुपर्ने’, उनले भने। सांसद गिरिले बजेट भाषण साँझ चार बजे नभई विहान १० बजे सार्वजनिक गर्न पनि सुझाव दिएका थिए।