जल्दै गरेको महिलाको शव चिताबाटै प्रहरी नियन्त्रणमा
रासंसा/सर्लाही, ज्येष्ठ २८,
मुलुकमा सर्लाहीको हरिपुरमा जल्दै गरेको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुरकी इन्द्रकला देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । ५० वर्षीय श्रीमान् राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिटपछि राजाराम फरार भएकाले प्रहरीले घटना’bout अनुसन्धान गरिरहेको जनाएको छ । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले राजाराम साहकी श्रीमती इन्द्रकलाको शव नियन्त्रणमा लिएको हो । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
Like