लुम्बिनी प्रदेशलाई यी क्षेत्रमा प्रधानमन्त्रीको भारत भ्रमण हुने भयो लाभ

Share to:

रासंसा/रुपन्देही, ज्येष्ठ २०,

मुलुकमा प्रधानमन्त्री भएपछि पहिलो बैदेशिक भ्रमणमा निस्केका पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले लुम्बिनी प्रदेशमा पनि प्रत्यक्ष रूपमा लाभ हुने कार्य भएको छ । भारत भ्रमणमा लुम्बिनी प्रदेशका तीन महत्त्वपूर्ण आयोजनामा हस्ताक्षर भएको छ । १३ महिनाअघि निर्माण सम्पन्न भएर भारतीय हवाई रुट नपाएका कारण पूर्ण सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले निकास पाएको छ । नेपालगन्जस्थित जैसपुरमा निर्माण भएर सञ्चालनमा आउन नसकेको एकीकृत जाँच चौकी (आईसीपी) उद्घाटन भएको छ । र, रुपन्देहीको भैरहवामा लामो समयदेखि निर्माण सुरु हुन नसकेको एकीकृत जाँच चौकीसुरु हुने भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणबाट लुम्बिनीले पाएकायी महत्त्वपूर्ण उपलब्धि भएको यहाँका व्यवसायी तथा सरोकारवालाहरूको छ । डेढ दशकसम्म चर्चा भएर अड्किएको भैरहवामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको सुरुवात हुने भएको छ । नेपालको तर्फबाट जग्गा छुट्याइए पनि भारतले जग्गा नदिँदा निर्माणको काम अगाडि बढ्न सकेको थिएन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस)सञ्चालन गर्नभारतले अनुमति दिएसँगै विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकारकटिबद्ध हुने र यसले पर्यटनलाई टेवा दिने पर्यटन व्यवसायी तथा(नाटा) लुम्बिनी प्रदेशका निर्वमान अध्यक्ष सागर अधिकारीले बताए । सम्झौतासँगै अब जुनसुकै मौसम वा अवस्थामा पनि उपकरणमा आधारित (आईएलएस) विमानहरू अवतरण हुनसक्ने भएका छन् ।यसअघि आईएलएस सुविधा नहुँदा खराब मौसममा गौतम बुद्ध विमानस्थलमा सहज रूपमा विमान अवतरण गर्न पाएका थिएनन् । यस्तै, डेढ दशकसम्म चर्चा भएर अड्किएको भैरहवामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको सुरुवात हुने भएको छ । नेपालको तर्फबाट जग्गा छुट्याइए पनि भारतले जग्गा नदिँदा निर्माणको काम अगाडि बढ्न सकेको थिएन ।केही समयअघि जग्गा व्यवस्थापन भएर आईसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको जनाएको छ । प्रधानमन्त्री प्रचण्डको भ्रमणबाट नेपालगन्जस्थित जैसपुरमा निर्मित एकीकृत जाँच चौकी (आईसीपी)को उद्घाटनले नेपाल–भारत सीमाको जमुनाह नाकाको व्यापारलाईसहयोग पुग्ने अपेक्षा गरिएको छ । आईसीपीदेखि नेपालगन्जकोचौलिकासम्मको २ हजार ७ सय मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको छ ।अन्य भौतिक संरचना निर्माणका लागि भारतीय सरकारले लगानी गरेको हो  । आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आईसीपीको हो ।चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण गरिने योजनाअनुसार वीरगञ्जमा यसअघि नै आईसीपी निर्माण भई सञ्चालनमा आइसकेको छ । बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलराज भट्टराईले भैरहवामा बन्ने आईसीपी निर्माणको उद्योगी व्यवासायीहरु राहत पुग्ने बताए । उनले यो सञ्चालनमा आएपछि व्यापारिक लागत घट्ने, मालबाहक गाडी लामो जाममा बस्न नपर्ने, हालभन्दा छिटो र सहज रूपमा सेवा प्रदान गर्न सकिने बताए। आईसीपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिने भैरहवा भन्सार कार्यालय प्रमुख मणिराम पौडेलले बताए ।

Like