आज प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किंदै
रासंसा/काठमाण्डौ, ज्येष्ठ २०,
मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन्। यही जेठ १७ गते भारत भ्रमण गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किन लागेका हुन्। दिल्लीबाट अपराह्न ४ः २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ। भारत भ्रम्रणका क्रममा विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेका प्रधानमन्त्री दाहालले समग्रमा भारत भ्रमण सफल रहेको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री दाहाल शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन्। उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन्। दाहालले नेपालबाट भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने समझदारीलाई पनि ‘ब्रेक थ्रु’ का रूपमा औंल्याएका छन्।
Like