रामपुर क्याम्पसमा क्याम्पस प्रमुखको पुनः नियुक्ति खारेजीको माग गर्दै नेविसंघले लगायो ताला

Share to:

रासंसा/चितवन, श्रावण १८,

मुलुकमा कानून छ मिचाहा प्रवृत्तिले कानून बमोजिम हुन छोडेको छ, नेपाल विद्यार्थी संघ कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा मिलन सुवेदी लाई पुनः गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेज गर्न माग गरेको छ ।
संघले निज व्यक्तिहरुलाई दिइएको नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अल्टिमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी समेत गरेको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नु पर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको भन्दै विरोध गरेको छ । यदि यो तालाबन्दी लाई लापरबाही गरेर विद्यार्थी लाई झन जिस्काउने कार्य गरेमा सभापति सुरज यादव र सचिव आशिष देवकोटाले हस्ताक्षर गरेको विज्ञिप्तमा सो कुरा उल्लेख छ ।

Like