घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ
रासंसा/काठमाण्डौ, श्रावण १७,
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित रंगेहात पक्राउ परेका छन्। पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको उजुरीपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ६ लाख घुससहित रंगेहात पक्राउ गरेको हो।उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
Like