पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्तामै हस्तान्तरण,

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १२,

मुलुकमा नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन् । नेपाल र चीनबीच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ । यस्तै चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुख्खा घाँस निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड–१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ । सो अवसरमा परराष्ट्र मन्त्री नारायण खड्काको पनि उपस्थिति रहेको थियो । विदेशमन्त्री वाङ यीले मन्त्री खड्कालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका थिए । यसअघि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा दुई मन्त्रीबीच भएको भेटवार्ता भएको थियो । सो भेटवार्तामा विभिन्न आर्थिक र प्राविधिक सहयोग विषयमा सम्झौता भएको थियो ।

Like