नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाकाे प्रथम अधिबेशन सम्पन्न

Share to:

रासंसा/गोरखा, चैत्र २९,

मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे विशेष आतिथ्यता रहेकाे नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाकाे प्रथम अधिबेशन र साेकाे उपलक्ष्यमा आयाेजित विशेष रक्तदान कार्यक्रम आज एक भव्य तथा सभ्यताका साथ स्थानीय १२ किलोमा सम्पन्न भएको छ ।
साेही कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजले बर्षेनि प्रकाशनमा ल्याई रहेको भित्ते पात्राे २०८३ काे पनि सामूहिक लाेकार्पण समेत गरियो । कार्यक्रममा रक्तदान गर्नु हुने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रममा बिशेष उपस्थिति जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाणपत्र बितरण गर्नु भएको थियोे ।
साथै नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाकाे प्रथम अधिबेशनबाट कृष्णप्रसाद रेग्मीकाे अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन भएको छ । जसमा उपाध्यक्ष सुदीप नगरकाेटी,सचिव ज्ञानेन्द्र पाेखरेल काेषाध्यक्ष बिमला थापा र सदस्यहरू क्रमशः प्रकाश थापा,राजन भट्ट,मीनु बिष्ट, नवीन लामिछाने,दिलिप श्रेष्ठ र चिजकुमार श्रेष्ठ रहनु भएको छ । रामबहादुर खड्का र सुरेन लामिछाने सल्लाहकार रहनु भएको छ ।

Like