कमल थापाको भनाई समान विचार भएकाहरूसँग एकता हुन्छ

Share to:

रासंसा/काठमाण्डौ, पौष २७,

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भएकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका छन्। २०७३ सालमा गणतन्त्रको वकालत गरेका पुराना अग्रजलाई आफूले उदारतापूर्वक एकीकृत गरे पनि दुर्घटना भएकाले भन्दै पुनः एकताको प्रयास गर्ने उनले बताए। ३०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्दै अध्यक्ष थापाले यसअघि सहकार्य गरेका र समान विचार भएकासँग आफूले एकता र सहकार्यको प्रयास गर्ने बताए। चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेर बहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललगायत विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति थियो। थापाले मुलुकमा बलियो राष्ट्रबादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको धारणा राखे। उनले पृथ्वी जयन्तीलाई हरेक बर्ष मनाउने सरकारी निर्णय र अन्य राजनीतिक दलहरुले पनि राष्ट्रिय दिवस मनाउनु उपलब्धीपूर्ण रहेको उल्लेख गरे।

Like