संसदमा पेस हुने गरि सशस्त्र र नेपाल प्रहरी विधेयक मन्त्रिपरिषद्‍बाट स्वीकृत

Share to:

रासंसा/काठमाण्डौ, पौष २७,

मुलुकमा सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक संसदमा पेस गर्न स्वीकृत दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संघीय ससदमा पेस गर्न स्वीकृति दिएको हो। गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्‍मा पेस गरेको थियो। गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए। त्यहीअनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो। मन्त्रिपरिषद्‍को विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषद्‍मा पेस गरिएको गृहमन्त्री लेखकले जानकारी दिए। उनले विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने बताए।

Like