१८औं बार्षिकाेत्सवकाे उपलक्ष्यमा अल्का अस्पताल प्रा. लि.को विशेष रक्तदान कार्यक्रम सम्पन्न

Share to:

रासंसा/ललितपुर, फाल्गुण ३,

मुलुकमा आफ्नो १८औं बार्षिकाेत्सवकाे उपलक्ष्यमा अल्का अस्पताल प्रा. लि.ले विशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरेकाे छ ।

स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा आयाेजित साे कार्यक्रमकाे शुभारम्भ अस्पतालका प्रशासकीय अधिकृत भगवान के.सी.लाई रक्त संकलन थैली हस्तान्तरण गरि गरिएको थियोे ।

कार्यक्रमका अतिथिहरू क्रमशः लायन्स रक्त सञ्चार सेवाका अध्यक्ष रूद्रहरि ज्ञावाली र डिष्ट्रीट गवर्नर शिवकुमार कटुवाल हुनुहुन्थ्यो ।

कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५० जनाले रक्तदान गर्नुभएको उक्त कार्यक्रमकाे सभापतित्व अल्का अस्पताल प्रा. लि.का अध्यक्ष कुमार थापाले गर्नुभएको थियोे भने सहभागी रक्तदाताहरूलाई प्रमुख अतिथि कर्माचार्यद्वारा प्रशंसा-पत्र बितरण गर्नुभएको थियोे ।

Like