राष्ट्रिय सभाको रिक्त १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने
रासंसा/काठमाण्डौ, पौष २०,
मुलुकमा नेकपा एमालेले राष्ट्रिय सभामा रिक्त रहेको १९ वटै सिटका लागि उम्मेदवारी दिने भएको छ। ‘हामीले क्लस्टरवाइज रूपमा नामबारे छलफल गरेका छौँ। कतिपय क्लस्टरको विषयमा स्पष्ट हुनुपर्ने भएकाले ती विषयमा आजको बैठकमा प्रारम्भिक छलफल भयो,’ पत्रकार सम्मेलनमा पोखरेलले भने। शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले रिक्त सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए। बैठकले प्रदेश अधिवेशनपछि जिम्मेवारीबाट बाहिरिएका पाँच प्रदेशका अध्यक्षसहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
Like