अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

सामुदायिक विद्यालय अभिभावक संघको शोकसभा बैठक सम्पन्न

Share to:

रासंसा/भक्तपुर, भाद्र १७,

मुलुकमा सामुदायिक विद्यालय अभिभावक संघको शोकसभा सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको शोकसभामा संघका केन्द्रीय पदाधिकारिहरुको उपस्थिति थियो । शोकसभामा गत भाद्र १० गते चिनको तिब्बत बाट रसुवा जिल्लामा आएको हिम बाढीपहिरोमा परि रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपुर लगायतका जिल्लामा भएको जनधनको क्षेतीप्रती एक मिनेट मौनधारण गरि शोकसभा मनाईएको थियो । बैठकमा संघका सचिवालय पदाधिकारीहरुले यो विकटघडिमा परेका सवै विपतिका लागि सगयोग स्वरुप रु ३ हजार र अरु केन्द्रीय पदाधिकारीहरुबाट रु. २ हजार सहयोग स्वरुप उठाई प्रधानमन्त्री विपत कोषमा ५० हजार दाखिला गर्ने भनी निर्णय गरेको छ भने संघका केन्द्रीय अध्यक्ष रामप्रसाद न्यौपाने लामो समय विरामी भइ अप्रेसन गर्न अझै बांकी रहेकोमा सफल अप्रेसनको कामनासहित शिघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित भएको थियो । संघको यो आर्थिक वर्षको साधारण सभा विषयको प्रस्तावमा अर्को केन्द्रीय समितिको बैठकबाट पारित गर्ने निर्णय गरिएको संघका महासचिव बद्री तिवारीले बताउनु भएको थियो ।

Like