राष्ट्रिय परिषद्को विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको बैठक बस्दै
रासंसा/काठमाण्डौ, कार्तिक १९,
मुलुइक्मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठक आज (आइतबार) बस्दै छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुनेछ । बैठक बिहान ९ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा जाजरकोट भूकम्पपछि राहत, उद्धार र अवस्थाका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, प्रभावितको पहिचान, पुनःस्थापनाका साथै खोज, उद्धार र राहतका सम्बन्धमा स्रोत व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
Like