राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर तेस्रो साता हुने

Share to:

मिन बहादुर कुँवर/कास्की, श्रावण २०,

मुलुकमा पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ। मेलामा डोमतर्फ ७८,अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी २५० स्टल राखिएको थियो। पोखराकै जेठो सामाजिक संस्था उद्योग वाणिज्य संघले पोखरा उद्योग वाणिज्य संघले यस अगाडि नेपाल सरकार, नेपाल उद्योग वाण्ज्यि महासंघ लगायत अन्य संघ संस्थाहरुसंग मिलेर संघको आयोजनामा औद्योगिक व्यापार मेला २०४२ र २०४९, पोखरा महोत्सव २०५२, हस्तकला मेला –२०५३ पुष्प प्रदर्शनी–२०५५, हस्तकला तथा पुष्प मेला–२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा–२०६२, महिला उद्यमी मेला २०६८ र २०७० र २०७४ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि निरन्तर रुपमा २०७६ र २०७९ सम्पन्न गरिसकेको छ। उद्योग वाािणज्य संघले मंसिर १६ देखि २५ गतेसम्म पोखरा–९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आयोजना भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो। मेलामा स्टल बिक्री, प्रवेश टिकट, प्रायोजक, ब्यानर प्रायोजन लगायतका विभिन्न शीषर्कबाट १ करोड २० लाख ३१ हजार ५८६ रुपैयाँ आम्दानी भएको उल्लेख गरेको छ। विभिन्न शीर्षकमा १ करोड ५ लाख ९० हजार ९६० रुपैयाँ खर्च हुँदा १३ लाख ४० हजार ६२६ रुपैयाँ बचत भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए। मेलामा डोमतर्फ ७८,अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी २५० स्टल राखिएको थियो। पोखराकै जेठो सामाजिक संस्था उद्योग वाणिज्य संघले पोखरा उद्योग वाणिज्य संघले यस अगाडि नेपाल सरकार, नेपाल उद्योग वाण्ज्यि महासंघ लगायत अन्य संघ संस्थाहरुसंग मिलेर संघको आयोजनामा औद्योगिक व्यापार मेला २०४२ र २०४९, पोखरा महोत्सव २०५२, हस्तकला मेला –२०५३ पुष्प प्रदर्शनी–२०५५, हस्तकला तथा पुष्प मेला–२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा–२०६२, महिला उद्यमी मेला २०६८ र २०७० र २०७४ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि निरन्तर रुपमा २०७६ र २०७९ सम्पन्न गरिसकेको छ। पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको संघले जनाएको छ। लगानीको सम्वद्र्धनः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा तयगरे अनुरुप नै मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यमा समर्पित रहेको अध्यक्ष प्रजापतिको भनाई थियो। मेलाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने उद्योग वाणिज्य संघले जनाएको छ। संघले स्थापनाकालदेखि नै पोखराको शिक्षा,स्वास्थ्य र पर्यटन र कृषि क्षेत्रको विकासमा योगदान दिदैं आएको अध्यक्ष प्रजापतिले बताए। औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण राखिएको थियो। सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम प्रदान गरेको थियो। हस्तकलाका विभिन्न सामग्री निर्माण प्रत्यक्ष नियाल्ने सो अभियानबाट उद्यमशीलता विकासमा सघाएको पुगेको विश्वास संघले लिएको छ।

Like