विश्व शान्ति ध्यान केन्द्र काभ्रे शंखुमा मौन साधना अनुष्ठान कार्यक्रम सम्पन्न

Share to:

रासंसा/काभ्रेपलान्चोक, आषाढ ३०,

मुलुकमा काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका १२ मा रहेको विश्व शान्ति ध्यान केन्द्रमा १२ दिने मौन साधनामा बस्नु भएकी नन्दना रञ्जित माताको मौन साधना सम्पन्न भएको छ । केन्द्रका केन्द्रीय अध्यक्ष राम प्रसाद शर्माको सभापतितित्वमा भएको उक्त कार्यक्रममा स्वामी सच्चिदानन्द विशुद्ददेवका शिष्य एवं पाशुपत योगाभ्यास आश्रमका अध्यक्ष सन्यासी योगाचार्य लेखक महात्मा सुशीलको प्रमुख अतिथिको आतिथ्यता थियो । कायक्रममा विशेष अतिथि स्वामी सच्चिदानन्द विशुद्ददेवका शिष्य प्राण मुर्ति, माता नन्दना रंजित अतिथिमा माता गीता शक्ति, भोज राज लामिछाने, चिन्ता मणि पाण्डे, लक्ष्मी, हेम काजी श्रेष्ठ, प्रेम तामाङ, बुद्द लक्ष्मी दुवाल, रेणु थापा, रमेश बस्नेतको उपस्थिति थियो ।

कार्यक्रममा गुरु बन्दना माता गीता शक्ति र लक्ष्मी बाट प्रस्तुत गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि महात्मा सुशीलले दीप प्रज्वलन गरि कार्यक्रम समुद्घाटन गरिएको थियो । कार्यक्रममाथि प्रकाश तथा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथि एवं सबै उपस्थित महानुभावहरुलाई स्वागत केन्द्रका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक स्वामी कल्याण मित्रले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुले आआफ्नो अनुभव र अनुभूति मन्तव्यबाट ब्यक्त गरेका थिए । कार्यक्रममा केन्द्रका पदाधिकारीहरुको उपस्थिति थियो भने कार्यक्रम केन्द्रका सचिव एवं सेभ द नेशन टेलिभिजनका संचालक वरिष्ठ कार्यक्रम प्रस्तोता स. प्रा. डा. के. बि. सम्राटले संचालन गर्दै कार्यक्रमको प्रसंसा गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति राम प्रसाद शर्माले अनुभूतिका जिज्ञासा मेटिने गरि मन्तब्य ब्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।

Like