अमेरिकी सहायक विदेशमन्त्री लु एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा खुसी
रासंसा/काठमाण्डौ, आषाढ ३०,
मुलुकमा नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना सम्झौता नेपालमा कार्यान्वयन हुँदै गइरहेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् । दक्षिण र मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लुले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायतकासँग शिष्टाचार भेटघाट गर्दैै एमसीसी सम्झौता’bout चर्चा गरेका हुन् । नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका शीर्ष नेतासँग भेटघाट गर्दै एमसीसी परियोजना कार्यान्वयन हुँदै गइरहेको प्रति खुसी व्यक्त गरेका छन् ।च्यासल, ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा लुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । शुक्रबार भएको सो भेटघाटमा सहभागी एमाले विदेश विभाग प्रमुखसमेत रहेका राजन भट्टराईले अमेरिकी सहायक विदेशमन्त्री लु र पार्टी अध्यक्ष ओलीबीच शिष्टाचार भेटघाट भएको बताए । भेटमा लुले एमसीसी परियोजना कार्यान्वयन भईरहेकोमा खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेको भट्टराईले बताए । सो भेटघाटमा एमाले अध्यक्ष ओलीका साथै उपमहासचिव विष्णु रिमाल, विदेश विभागका प्रमुख भट्टराई र सचिव अन्जान शाक्य पनि सहभागी थिए । ओलीसँगको भेटघाटमा अमेरिकी राजदूत डीन आर थम्पसनसमेतको सहभागिता थियो । ‘नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो । शान्ति, लोकतन्त्रको प्रवद्र्धन अमेरिकी सरकार र मन्त्री लुको अटल सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ,’ देउवाको सचिवालयले जनाएको छ । एकदिने नेपाल भ्रमणका लागि आएका लुले कांग्रेस सभापति देउवासँग समेत छुट्टै भेटघाट गरेका छन् । लुसँगको भेटपछि सभापति देउवाको सचिवालयले देउवा र लु बीच नेपाल–अमेरिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको जनाएको छ । लुले परराष्ट्रमन्त्री साउदसँग पनि शिष्टाचार भेट गरेका छन् । लु र साउदबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटघाट भएको हो । भेटमा लुले नेपाल अमेरिका सम्बन्ध र एमसीसीलगायत अमेरकी परियोजनाको कार्यान्वयन’bout चासो राखेको मन्त्री साउदको सचिवालयले जनाएको छ । यसका साथै मन्त्री लुले अमेरिकन चेम्बर अफ कमर्सको नेपालस्थित एक सदस्य संस्थासँग पनि भेटघाट गर्ने कार्यकम रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । सो भेटले नेपालीहरूको सीप विकासमा काम गर्ने उल्लेख छ । ‘भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहयोगका विषयमा छलफल भएको थियो,’ परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटघाट गर्नेछन् । मन्त्री लु पछिल्लो दुई वर्षमा नेपालको तेस्रोपटक भ्रमण गरेका छन् । यसअघि उनी महत्वपूर्ण समयमा नेपाल भ्रमणमा आएका थिए । पहिलो भ्रमण उनले २०७८ मंसिरको पहिलो साता गरेका थिए । जतिखेर सिंगो मुलुक एमसीसी परियोजनाको विषयमा विभाजित रहेको थियो । अन्ततः सोही वर्ष सो परियोजना संसद्ले व्याख्यात्मक टिप्पणीसहित अनुमोदन ग¥यो । ‘भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहयोगका विषयमा छलफल भएको थियो,’ परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटघाट गर्नेछन् । उनको दोस्रो भ्रमण २०७९ को साउनको दोस्रो सातामा भएको थियो । जतिखेर अमेरिकाको अर्को रणनीतिक परियोजना एसपीपीले संसद् र सडक तातेको थियो । तर एसपीपीबाट भने नेपाल पछि हटेको थियो । एसपीपी सैन्यसम्बन्धीको एक रणनीतिक कार्यक्रम थियो, जुन नेपालले अंगीकार गर्ने परराष्ट्र नीतिविपरीत थियो ।