नेतालाई रमाइलो, किसानलाई पिरलाे असार १५-धान दिवस

Share to:

रासंसा/चितवन, आषाढ १६,

मुलुकमा चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए। भरतपुर महानगरपालिका–२५ स्थित अमृत नगरका होमनाथ बास्तोलाले पानी नभएर खेत रोप्न पाएका छैनन्। ‘बिउ हुर्किसकेको छ। घोलमा पानी छैन,’ उनले विगत सम्झँदै भने, ‘यतिखेर घोल बढेर खेतसम्मै आउँथ्यो। अहिले कमिला हिँडेका छन् ।’ खडेरीका कारण सधैं पानी बग्ने घोलमा पानी सुकेको उनले बताए। बाजागाजासहित उनीहरू रोपाइँमा व्यस्त रहे। हिलो खेल्दै रमाइरहेका नेताहरूमा उत्साह देखिए पनि उनीहरूसँगै रोपाइँ गरिरहेका अन्य किसान भने चिन्तित देखिन्थे। सिँचाइ नहुँदा रोपाइँ नहुने हो कि भन्ने भएपछि उनीहरूमा चिन्ता छाएको हो। ‘भीमनगरमा असार १५ मनाउन एक बिघा जमिनमा भूमिगत बोरिङ प्रयोग गरेर रोपाइँ गरिएको थियो। अघिल्ला वर्ष घोलहरू बढेर पानी हवात्तै बढ्थ्यो,’ बाबुराम भट्टराईसँगै धान रोपाइँमा व्यस्त रहेका बास्तोलाले भने, ‘यो खेत पनि भूमिगत सिँचाइमार्फत मुस्किलले हिलो बनाइएको हो।’ पश्चिम चितवनका अधिकांश स्थानमा सिँचाइको समस्या छ। घोल क्षेत्रमा पनि अहिलेको खडेरीका कारण पानी सुक्दै गएको छ। वर्षात् नहुँदा धान रोप्न नपाएको भीमनगरका किसान गंगाबहादुर थापा बताउँछन्। ‘यसअघि यो क्षेत्रमा असारभित्र रोपाइँ सकिन्थ्यो। अहिले सुरु नै भएको छैन,’ खेत देखाउँदै उनले भने, ‘यतिखेर ६० प्रतिशत रोपाइँ भइसक्थ्यो। यसपालि असार आधा हुँदा १ प्रतिशत पनि हुन सकेको छैन।’ चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए। असार १५ सकिँदा चितवनमा २० प्रतिशत मात्र रोपाइँ भएको छ। अघिल्लो वर्ष यो अवधिमा ४० प्रतिशतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र चितवनका निमिक्त प्रमुख मीनबहादुर पुनले जानकारी दिए। उनले पनि २७ कट्ठालाई पुग्ने बिउ राखेका छन् तर पानी नपरेका कारण मर्न थालेको उनले बताए। खेतमा सिँचाइको व्यवस्था गर्न उनले सरकारसँग माग गरे। पूर्वी चितवनका अधिकांश जमिनमा सिँचाइको सुविधा छ। पानीको स्रोत पनि राम्रो छ। तर पश्चिम चितवननजिकै नारायणी बगे पनि गण्डक सम्झौताका कारण त्यहाँका स्थानीय जनताले मोटरसमेत लगाएर पानी तान्न पाउँदैनन्। जसले गर्दा किसानहरू समस्यामा छन्। पश्चिम चितवनमा पूर्वी चितवनको खगेरी सिँचाइको नहर र नारायणगढ बसपार्कनजिकको नारायणी लिफ्ट आयोजनाको नहरको पानी रोपाइँका लागि प्रयोग गर्ने गरिन्छ। यी नहर अहिलेसम्म छाडिएको छैन। असार १५ सकिँदा चितवनमा २० प्रतिशत मात्र रोपाइँ भएको छ। अघिल्लो वर्ष यो अवधिमा ४० प्रतिशतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र चितवनका निमिक्त प्रमुख मीनबहादुर पुनले जानकारी दिए। जिल्लाको साबिकका गाविसहरू पिप्ले, भण्डारा, कठार, कुमरोज र बछ्यौली धान उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ। यस क्षेत्रमा ६० प्रतिशतको हाराहारीमा रोपिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख धनबहादुर थापाले जानकारी दिए। तर पश्चिम चितवनमा न्यून मात्रमा रोपाइँ भएको उनले बताए। जिल्लामा ३३ हजार ८३६ हेक्टर खेती योग्य जमिन छ। जसमध्ये १९ हजार ८९३ हेक्टरमा बर्खे धान र ७ हजार ५२७ हेक्टरमा चैते धान हुन्छ। पश्चिम चितवनमा पूर्वी चितवनको खगेरी सिँचाइको नहर र नारायणगढ बसपार्कनजिकको नारायणी लिफ्ट आयोजनाको नहरको पानी रोपाइँका लागि प्रयोग गर्ने गरिन्छ। यी नहर अहिलेसम्म छाडिएको छैन। चितवनमा खेती योग्य जमिनमध्ये ९४ प्रतिशतमा सिँचाइ पुगेको छ। सिँचाइ पुगेकोमध्ये १७ प्रतिशतमा आंशिक सिँचाइ पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ। ८३ प्रतिशत अर्थात् ३५ हजार ८४ हेक्टरमा जमिनमा वर्षभरि नै सिँचाइ गर्न मिल्ने बताइएको छ। चितवन आएका शीर्ष नेताहरूले शुक्रबार फरकफरक स्थानमा रोपाइँ गरेका थिए। एमालेका अध्यक्ष ओलीले भरतपुर महानगरपालिका-२४ स्थित केरुगा सामूहिक खेती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भरतपुर-२३ स्थित जगतपुरमा र बाबुराम भट्टराईले भरतपुर-२० स्थित भीमनगरमा रोपाइँ गरेका थिए। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले कृषिको सुधारका लागि बजेट बढाउनुपर्ने बताए। ‘अहिले कृषिलाई हामीले उपेक्षा गर्दै गएका छौं। जुन कृषिबिना देशको विकास हुन सक्दैन,’ उनले भने, ‘मैले भनिरहेको छु, बजेटको १० प्रतिशत कृषिमा छुट्याऔं। तर ३ प्रतिशत मात्र छुट्याएर म देशको विकास सम्भव देख्दिनँ।’ यो क्षेत्रमा सिँचाइको समस्या बढी छ। एमाले अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे। ‘कृषि उपजलाई आधुनिकीकरण गर्न, व्यवसायीकरण गर्न जरुरी छ,’ उनले भने, ‘हिजोको जस्तो कृषि गर्ने एकाइ बनाउने होइन, आधुनिकीकरण गर्नुपर्छ।’ सहकारी तथा सामूहिक प्रणालीबाट कृषिलाई अगाडि बढाउनुपर्ने उनले बताए।

Like