श्रीमतीलाई उपप्रधानमन्त्री र राज्यमन्त्रीको रेशम चौधरीको माग

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १८,

मुलुकमा आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ। संरक्षक चौधरीले प्रदेशहरूसमेत पावर सेयरिङ गर्नुपर्ने शर्त राखेका छन्। उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका हुन्। वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ। त्यस्तै लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गरेका छन्। राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेका छन्। त्यस्तै संघमा एक राज्यमन्त्रीसमेत माग गरेको नागरिक उन्मुक्तिका पार्टीका एक नेताले बताए। चौधरीले टीकापुरलाई छुट्टै जिल्ला बनाउनेपर्ने मागसमेत गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशलाई खप्तड-थरुहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेका छन्। सुदूरपश्चिम प्रदेशमा आठ दलको दुई तिहाइ बहुमत रहेको भन्दै नाम परिवर्तन गर्न माग गरेको ती नेताको भनाइ छ। संरक्षक चौधरीले प्रदेशहरूसमेत पावर सेयरिङ गर्नुपर्ने शर्त राखेका छन्। उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका हुन्। वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ। त्यस्तै लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गरेका छन्। संरक्षक चौधरीले टीकापुर राजबन्दीलाई यथाशिघ्र रिहा गर्नुपर्ने अडान राखेको ती नेताले अन्नपूर्णलाई बताए। संरक्षक चौधरीले प्रदेशहरूसमेत पावर सेयरिङ गर्नुपर्ने शर्त राखेका छन्। उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका हुन्। वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ। त्यस्तै लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गरेका छन्। त्यस्तै एमालेकी सांसद भगवती चौधरी पनि जेलमा पुगेरका राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङका लागि भोट मागेकी थिइन्।

Like