Sunday, October 18, 2026
Latest:
अन्य थपधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

स्थानिय नागरिक सरोकार मन्च ललितपुर द्वारा शुभकामना आदानप्रदान एव शान्ति सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Share to:

पुष्करराज पाण्डे/ललितपुर, आश्विन ९,

मुलुकमा स्थानिय नागरिक सरोकार मन्च ललितपुरद्वारा २०७९ सालको वडादशै, शुभदिपावलि, नेपाल सम्वत ११४३, छठ, ल्होसार, ईद लगायत महान चाडपर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान एव शान्ति सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जय नारायण आचार्यको थियो भने बिशिष्ठ अतिथि ललितपुर प्रहरी प्रमुख यज्ञ विनोद पोखरेलको उपस्थिति थियो । यस्तै बिशेस अतिथिकै आतिथ्यतामा गैर सरकारी महासघ सस्थाका केन्द्रीय सदस्य टिकाराम दाहाल, स्वतन्त्र पत्रकार संघ नेपालका काठमाण्डौ जिल्ला अध्यक्ष एवं गूड हुमन सस्थाका अध्यक्ष पुष्करराज पाण्डे लगायत करिब ५४ बिभिन्न सघ सस्थाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व स्थानिय नागरिक सरोकार मन्च ललितपुरका अध्यक्ष रुद्र कुमार जोशिनले गर्नु भएको थियो। प्रत्येक बर्ष झै यो बर्ष पनि महान चाडको अबसरमा शुभकामना आदानप्रदान गर्नुका साथै पर्वको समयमा हुने झैझगडा लुटपाट अशान्तिलाई कसरि न्युनिकरण गर्न सकिन्छ र शान्ति र हर्षोउल्लासकासाथ पर्व मनाउन सकिन्छ जसमा नेपाल प्रहरीको भुमिका कस्तो रहन्छ भन्ने उदेश्यकासाथ यो कार्यक्रम तय गरेको बताउनु भयो। कार्यक्रममा उपस्थितिका प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले आआफ्नो सुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Like