‘काठमाडौंको क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै ३२ जना उम्मेदवार’ चुनावी मैदानमा ५ हजार ६३६ जना उम्मेदवार
रासंसा/काठमाण्डौ, आश्विन २७,
मुलुका निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । जस अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४१२ उम्मेदवार चुनावमा भिड्ने छन् भने प्रदेशसभाका लागि ३ हजार २२४ जना उम्मेदवार कायम भएका छन् । काठमाडौ १ मा १० महिलासहित ३२ जना उम्मेदवार छन् । सबैभन्दा कम हुम्ला र मनाङमा ३ –३ जना उम्मेदवार छन । बागी र स्वतन्त्र उम्मेदवारहरू मध्येबाट ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ सबैभन्दा बढी उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ र सबैभन्दा कम हुम्ला र मनाङमा रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ ।
Like