नेपाल समाजवादी कांग्रेसको भित्रि रुपमा आन्दोलनको तयारी
रासंसा/काठमाण्डौ, आषाढ ८,
मुलुकमा नेपाल समाजवादी कांग्रेसले भित्रि रुपमा आन्दोलनको तयारि भइरहेको विशेष सुत्रबाट थाहा हुन आएको छ । संबैधानिक प्रजातन्त्र र हिन्दु अधिराज्यको स्थापना, विशेष अधिकारसहितको राजसंस्थाको मूल उद्देश्य लिएर नेपाल समाजवादी कांग्रेसले भित्रि रुपमा आन्दोलनको तयारि गरेको बताइएको छ । मुलुकमा संघियता र धर्म निरापेक्षेता खारेजको माग गर्दै आन्दोलनको तयारि गरेको केन्द्रीय सदस्य गजेन्द्र ढकालले हामीलाई बताउनुभयो । यसका साथै निर्बाचित जनप्रतिनिधि सभा र ति सदस्यहरुबाट निर्वाचित प्रधानमन्त्री जसलाई कार्यकारी अधिकार प्राप्त हुनुपर्ने उहाहरुको माग हुने छ । मुलुकलाई अखण्ड नेपालबाट टुक्र्याएर खण्ड खण्ड बनाइएकोमा उनीहरुको गुनासो रहेकाले भित्रि रुपमा आन्दोलनको तयारी गर्नुपरेको केन्द्रीय सदस्य ढकालले बताउनुभयो ।