१ सय ३६ भरतपुरका कांग्रेस कार्यकर्ताले दिए संयुक्त रुपमा राजिनामा

Share to:

रासंसा/चितवन, बैशाख २४,

मुलुकमा नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले संयुक्त राजिनामा दिएका छन्। भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन्। ‘नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा प्रस्तावक र महाधिवेशन प्रतिनिधि मीना खरेलको समर्थनले पौडेलको उम्मेद्वारी थप बलियो भएको महशुस गर्दै उहाँहरूको अबैधानिक कारबाही विरुद्ध हामी महागनरभित्रका सदस्यहरूले राजीनामा पेश गरेका छौँ।’ उनीहरूले संकलन गरेको माईनुटमा लेखिएको छ। जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको उनीहरुको भनाई छ। राजिनामा दिनेमा पूर्वसांसद भिमबहादुर श्रेष्ठदेखि जिल्ला कार्यसमिति सदस्यसम्म रहेको मेयर पदका उम्मेदवार पौडेलका सहयोगी नविन बरालले जानकारी दिए। उनकाअनुसार,अझै हस्ताक्षर संकलनका काम भइरहेको छ। उनीहरूले उठाएको माइनुट पत्रमा नेपाली कांग्रेसका केन्द्रीय सभापतिलाई सम्बोधन गरेर राजिनामा लेखेका छन्। सबैभन्दा धेरै भरतपुर महानगरपालिका–१५का कार्यकर्ताले राजिनामा लेखिएको मनाईनुटमा हस्ताक्षर गरेका छन्।

Like