सुनको मूल्य १२ सयले बढ्यो

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १६,

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १२ सयले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । यस्तै, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३ सय २० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Like