लोसपाको चुनावी घोषणापत्रमा, सडक छेउमा अनिवार्य वृक्षारोपण, बालबालिकालाई घरमै खोप
रासंसा/काठमाण्डौ,
बैशाख लोककतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष महन्त ठाकुर,नेता राजेन्द्र महतोलगायतको उपस्थितिमा शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो । यस्तै, सहज र छरितो सरकारी सेवा, नगर सरसफाइ गरिने उल्लेख छ । सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, पर्याप्त चिकित्सक, बालबालिकालाई घरमै नियमित खोप उपलब्ध, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण गरिने भनिएको छ । घोषणापत्रमा निशुल्क र व्यवहारिक शिक्षा, स्नातक र स्नातकोत्तरमा छात्रवृत्तीको व्यवस्था गरिने भनिएको छ । घोषणापत्रमा गुणस्तरीय खानेपानी, वडामा पर्याप्त बजेट छुट्याउने विषय समेटिएको छ । स्थानीय सरकारले आफ्नो कर्मचारी आफै भर्ना गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ । यस्तै, सडकको छेउमा अनिवार्य वृक्षारोपण गर्ने उल्लेख छ । स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउन जनप्रतिनिधिले सम्पत्ती विवरण सार्वजनिक गर्ने उल्लेख छ ।