डा. चिन्तामणिनाथ योगीको प्रवचन गोरखवाणी पुस्तक लोकार्पण
रासंसा/काठमाण्डौ, बैशाख २,
मुलुकमा डा. चिन्तामणिनाथ योगीको प्रवचन गोरखवाणी पुस्तकको लोकार्पण काठमाण्डौको शान्तिसेवा आश्रम कोटेश्वोरमा सम्पन्न भएको छ । डा.

चिन्तामणिनाथ योगीको सभापतित्व तथा पोखरा विश्व विद्यालयका उपकुलपति डा. प्रेम नारायण अर्यालको प्रमुख आतित्यतामा भएको लोकार्पण कार्यक्रमममा विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारि, अस्ट्रेलियाबाट आउनुभएका इन्जिनियर विदुर प्रसाद सापकोटा, इंग्ल्याण्ड बाटआउनुभएका नेपाल हिन्दु फोरमका संस्थापक अध्यक्ष सूर्य प्रसाद उपाध्याय कान्तिपुर इन्तारनेशनल कलेजका प्राचार्य डा. नरेन्द्र कुमार श्रेष्ठ, पुर्व सचिव भुवानेश्वोर प्रधान, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के. बि. सम्राट, धार्मिक संगठनका संयोजक एवं टेलिभिजन प्रस्तोता केशव चौलागाईंलगायतका विशेष महानुभावहरुको उपस्थिति थियो ।

शान्ति सेवा आश्रमका पदाधिकारीहरुकोसमेत उपस्थिति भएको कार्यक्रममा डा. चिन्तामणिनाथ योगीले उपस्थित सबैलाई स्वागत गर्दै प्रवचनबाट उद्घाटन गरिएको थियो र यसमा शुभ भजन गाइएको थियो । दोश्रो चरणको कार्यक्रममा उपस्थित सबैले प्रवचन संगालो गोरख वाणी पुस्तक लिएर प्रमुख अतिथि पोखरा विश्व विद्यालयका उपकुलपति डा. प्रेम नारायण अर्यालले लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा गोरखा पत्र संस्थानका पुर्व प्रधान सम्पादक श्री ओम श्रेष्ठ रोदनले पुस्तकको अति नै उत्कृस्ट समिक्षा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले पुस्तकको विषयमा चर्चा परिचर्चा गर्दै डा. चिन्तामणिनाथ योगीलाइ प्रसंसा गर्नु भएको थियो ।
