बर्दियाको राजापुरमा सांग्रिला विकास बैंकको १०६ औं शाखा
रासंसा/काठमाण्डौ, माघ ९,
मुलुकमा वित्तीय संस्थामध्ये सांग्रिला विकास बैंक लिमिटेडले आफ्नो १०६ औं शाखा बर्दियाको राजापुरमा सञ्चालनमा ल्याएको छ । राजापुर नगरपालिका वडा नं. ४ मा सञ्चालनमा ल्याइएको यस शाखाले ग्रामीण तथा शहरी क्षेत्रका ग्राहकहरुको उपस्थितिलाई थप दरिलो बनाउने बैंकले दाबी गरेको छ । राजापुर शाखा कार्यालय सञ्चालनमा आएसँगै सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले अन्य विभिन्न स्थानहरुमा पनि थप शाखा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।
Like