राष्ट्रिय स्वाभिमान जागरण अभियानमा डा.न्यौपाने निर्वाचित
अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / तनहुँ शुक्रबार / ८ गते हामीले धर्म बचाउन सके धर्मले पनि हाम्रो रक्षा गर्न सक्छ भन्ने उद्देश्यका साथ वैदिक सनातन हिन्दूधर्मलाई पुनर्स्थापना गराउने उद्देश्यले तनहूँमा समिति गठन गरिएको छ।
जिल्लाको ब्यास-३ स्थित भगवान बेद ब्यासको जन्म भुमि दमौलीमा शुक्रबार राष्ट्रिय स्वाभिमान जागरण अभियान तनहूँको अध्यक्षमा डाक्टर रघुनाथ न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरिएको हो। समितिको सदस्यमा प्रेमप्रकाश भट्टराई ,सदस्यमा कृण्णराज वाग्ले , अन्जनराज न्यौपाने , कृण्णशरण उपाध्याय पौडेल, मिलन तामाङ सर्वसम्मत रुपमा चयन भएका छन्।
यसै गारी सो अभियानको ब्यासनगर अध्यक्ष मा चक्र बहादुर अधिकारी सदस्यहरुमा हरिश्चन्द्र वाग्ले , रामजी घर्ती र तेजप्रसाद लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन् ।
यसैगरी अभियानको सल्लाहकारमा शान्तिस्वरुपानन्द दामोदर बाबा र ब्यासका अध्येता काशीनाथ न्यौपानेलाई सर्वसम्मत रुपमा चयन भएका छन् ।
उक्त कार्यक्रममा ब्राह्मण समाज नेपालका केन्द्रिय सदस्य उपेन्द्र लम्साल, ब्राह्मण समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे धार्मिक अभियान्ता कपिलराज भट्ट ,धार्मिक अभियानता रामप्रसाद ढकाल ,ब्राह्मण समाजका जिल्ला अध्यक्ष कृण्णचन्द्र पाण्डे ,पुरोहित समाज तनहुँका अध्यक्ष दुर्गा भक्त अधिकारी लगएतका बक्ताहरुले वोलेका थिए।