सबै एकतावद्ध भएर चुनावमा केन्द्रित होऔं, तालमेलका विषयमा प्रचण्डको बिफ्रिङ

Share to:

रासंसा/काठमाण्डौ

मुलुकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गरेका छन् । विहान ८ बजे तिर प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकमा प्रचण्डले सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन्। स्थानीय चुनाव नजिकिएसँगै पार्टी प्रवेशको लहर आएकाले त्यसलाई व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको छ। ‘अहिले पार्टी प्रवेशको लहर नै चलेको छ । ती सबैको राजनीतिक पृष्ठभूमि र योगदानलाई केलाएर उचित भूमिका दिने विषयमा छलफल भयो’ साहले भने,‘नवप्रवेशीलाई चुनावमा टिकट दिँदा प्रभाव के कस्तो छ भन्ने विषयमा समेत अध्ययन गर्ने भनिएको छ ।’ नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिएमा थप संख्या बढ्ने साहले बताए । ‘हामी पूर्व स्थायी नेताहरु खुमलटारमा बसेका थियौ। स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलका विषयमा बिफ्रिङ गराउनुभयो । सबै पार्टी पङ्क्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रीत गर्ने भन्ने छ’ पूर्व स्थायी समिति सदस्य गणेश साहले भने,‘परिणाम देखिनेगरी चुनावमा केन्द्रीय हुने भनिएको छ ।’ यदी सत्ता गठबन्धन भित्र चुनावी तालमेल नभए एमालेसँग नगर्न निर्देशन दिएको छ ।

Like