लण्डनमा महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति द्रोपदी मुर्मु
एजेन्सी,
मुलुकमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मु शनिबार बेलायत गएकी छन्। बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितियको अत्येष्टिमा सहभागी हुन उनी त्यहाँ गएकी हुन्। अन्त्येष्टि समारोहमा चीनको तर्फबाट भने उपराष्ट्रपति वाङ क्विशानले सहभागिता जनाउने भएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङ्को विषेश प्रतिनिधिका रुपमा उनी सहभागी हुन लागेका हुन्। उनले अन्त्येष्टि समारोहमा सहभागी भइ भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेलायती राजपरिवार र बेलायती जनताप्रति सहानुभूति व्यक्त गर्ने छिन् । उनले सोमबार ल्यानक्यास्टर हाउसमा रहेको शोक पुस्तिकामा हस्ताक्षर समेत गर्ने जनाइएको छ । बेलायतको निमन्त्रणा अनुसार नै धेरै देशका सरकार तथा राष्ट्रप्रमुखहरु अहिले लण्डन जाने क्रम जारी छ। महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि सेप्टेम्बर १९ सोमबार लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी बेलायती सरकारले गरेको छ । त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुन बेलायत पुग्नेछन्। बेलायत सरकारको महारानीको अन्त्येष्टि समारोहमा आतिथ्यता ग्रहण गर्न आग्रह गर्दै विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरूलाई निमन्त्रणा गरेको थियो । विभिन्न देशबाट आएका पाहुनाहरु बेलायतका नयाँ राजा चार्लसद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन् । महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो ।
