विध्वंशकारी आँधी आउन सक्ने जापानमा मौसम विज्ञानकाे चेतावनी
एजेन्सी,
मुलुकमा जापानमा विध्वंशकारी आँधी आउन सक्ने भन्दै २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्न जापानको मौसम विज्ञान एजेन्सीले चेतावनी दिएको छ । विशेष गरी जापानको कागोशिमा, कुमामोटोट र मियाजाकिका सर्वसाधारण जोखिममा परेकाले सोही क्षेत्र खाली गर्न अपील जारी गरिएको हो । प्रतिघण्टा २ सय ७० किलोमिटरको दरले आउन सक्ने आँधी कागोशिमा हुँदै जापानको मुख्य टापुसम्म पुग्न सक्ने अनुमान गरिएको छ । साेही आँधीले जापानका घरहरु भत्कन सक्ने र बाढी पहिरो समेत आउन सक्ने अनुमान गरिएको छ । मौसम विज्ञानले नानमाडोल नामको आँधी सक्रिय भएको बताएकाे हाे । जसका कारण भयावह स्थिति निम्तन सक्ने भन्दै मौसम विज्ञानले चेतावनी समेत छ ।
Like