रुविभ्याली पर्यटन प्रबर्दनसंग जोडिएको म्युजिक भिडियो लोकार्पण

Share to:

महेशजंग कुँवर/काठमाण्डौ, कार्तिक २४,

मुलुकमा हिमाली क्षेत्रका नागरिक हितका लागि स्थापित् हिमालयन कम्युनिटी प्रोजेक्टको शुभारम्भ भएको छ । हिमाली क्षेत्रका नागरिक हितका लागी मात्र होइन कि यो त संसारकै लागि शुभारम्भ भयो । यसै प्रोजेक्टद्वारा निर्मित घुमौ रुबिभ्याली म्युजिक भिडियोले साँच्चिकै पर्यटन प्रवर्दनमा मुलुकको एउटा थुंगा थपिएको छ ।
राजधानीमा घुमौ रुबिभ्याली म्युजिक भिडियोको लोकार्पण कार्यक्रम हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष रामप्रसाद सापकोटाको सभापतित्व र सृजनशील व्यक्तित्व मदन पुरस्कार पुरस्कृत डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । म्युजिक भिडियोका गीतका रचनाकार, परिकल्पनाकार तथा निर्माता राम प्रसाद सापकोटा, निर्देशक बिबेक सापकोटा, संयोजन सुनिल कोइराला रहेका छन् भने मुख्य कलाकारहरुमा मोडल सुधिर श्रेष्ठ र सगुन थापा रहेका छन् । यस्तै गायक तथा संगीतकार वसन्त सापकोटा, गायिका समिक्षा अधिकारी छन् भने म्युजिक अरेंजर कुशलसिंग नेल छन् । यसरि नै रेकार्दिस्ट, मिक्सींग, मास्टरिंगमा विप्लव अधिकारी, डीओपी, सिनेमाटोग्राफरमा कुमार करुवाल, फोटोग्राफर, ड्रोन अपरेटरमा प्रकाश गोपाली, कलारिंगमा पदम तिमिल्सिना रहेका छन् भने भिडियो इडिटरमा सन्तोष दवाडी, प्रकाशमा बिनोद घिमिरे, शृंगारमा गित तामांग रहेका छन् । सो म्युजिक भिडियोको व्यवस्थापक शिब श्रेष्ठ जसले हिमालयन कम्युनिटी प्रोजेक्टको शुभारम्भको कार्यक्रम संचालन गरेका थिए ।

हिमालयन कम्युनिटी प्रोजेक्टको शुभारम्भको स्वागत मन्तव्यकासाथ् कार्यक्रममाथि प्रकाश कार्यक्रमका सभापति एवं हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष रामप्रसाद सापकोटाले गर्नु भएको थियो भने समुद्घाटन प्रमुख अतिथि सृजनशील व्यक्तित्व मदन पुरस्कार पुरस्कृत डा. नवराज लम्सालले एनिमेटेड लोगो प्ले गरेर लोकार्पण भएको थियो । लोकार्पण पश्चात म्युजिक भिडियो शो गरिएको थियो भने भिडियो निर्माण सम्बन्धि अनुभव र रुबी भ्यालि प्रवर्दनसंग जोडिएको एक भिडियो सामग्री पनि प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथिको आसनबाट सृजनशील व्यक्तित्व मदन पुरस्कार पुरस्कृत डा. नवराज लम्सालले आफ्ना मिठा तिता अनुभवसंगे रुबिभ्यालीको चर्चा परिचर्चा गर्दै निर्माता तथा कलाकारलगायत उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवं प्राईम टेलिभिजनका संचालक ऋषि धमलाको आगमनसंगे मन्तव्यको क्रममा आफ्ना सुखदुखका कुरा पोख्दै अब धादिंगमै रहेका छन् मन्त्रिपरिषद्का हस्तीहरु जो अब निर्बाचनमा जित्ने छन् र जेनजी पुस्ताले जिताउनेमा दुई मत रहेन भन्दै कार्यक्रममा प्रमुख अतिथि, अतिथिगण र कलाकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको अन्तमा पपकर्ण र तातो चिसोको चियागफमा फोटो सेसन गर्दै कार्यक्रम समापन भएको थियो ।

Like