ज्ञान निकेतन र रिलायन्स बास्केटबलमा विजयी
रासंसा/काठमाण्डौ, फाल्गुण ३,
मुलुकमा ज्ञान निकेतन र ग्रिन लन्सले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजय पाएका छन् । सोही स्पर्धामा विल्सन एकेडेमीले हेम्सलाई ५४–४२ र एक्मीले हाम्रो सनसाइनलाई ३६–२९ ले हराए । विल्सनका रेहान डंगालले १५ र एक्मीका साइमनले १८ स्कोर गरे । ज्ञान निकेतनले आयोजक हिमाली स्कुललाई ४१–३४ स्कोरले पराजित गर्यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १६ स्कोर गरे । सुयोग रजकको १६ स्कोरमा ग्रिन लन्सले क्यानभासलाई ३६–१७ ले हरायो । जुनियर ब्वाइजमा सनसाइनले इनोभेटिभलाई २२–४ र आयोजक हिमाली बोर्डिङ स्कुलले काठमाडौं जेभियर पब्लिकलाई १८–१० ले हराए । सनसाइनका जेनिश तोलङ्गेले १० र हिमालीका युनिक रोक्काले ८ स्को गरे । गर्ल्समा रिलायन्सले एजीएमलाई २७–६, क्यानभासले विल्सनलाई १३–११ र ग्रिन लन्सले एक्मीलाई ८–४ ले हराए । रिलायन्सकी एलिशा तामाङले १४, क्यानभासकी पवित्रा बुढाथोकीले ७ र ग्रिनलन्सकी अभिसारिका रजकले ४ स्कोर गरेका थिए ।