आदिमहाकुम्भकासाथ् देवघाट महा महोत्सव २०८१ – धार्मिक, सांस्कृतिक र सामाजिक एकताको अनुपम उदाहरण

Share to:

रासंसा/तनहुँ, माघ १८,

मुलुकमा गत पौष २६ गते पुत्रदा एकादशीको अवसर पारेर देवघाट क्षेत्रलाई केन्द्रमा राख्दै देवघाट विकास केन्द्र नेपालले चौथो आदि महाकुम्भ र विश्व जागरण महाअभियान ट्रस्टले आयोजना गरेको देवघाट परिक्रमा तथा बृहद् सरसफाइ अभियान भव्य रूपमा सम्पन्न भइसकेको छ। आदि महाकुम्भ विक्रम सम्बत २०४५ सालमा राष्ट्रगुरु योगी नरहरी नाथले प्रथम आदिम्हाकुम्भ शुभारम्भ गरि २०५७ मा दोस्रो आदिमहाकुम्भ र २०६९ सालमा तेस्रो आदिमहाकुम्भ सम्पन्न भएको थियो ।

सयौं स्वयंसेवक र स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागितामा गण्डकी र त्रिशूली नदीको संगम क्षेत्र सरसफाइ गरिएको थियो । पुस २४ देखि माघ मसान्तसम्म चल्ने आदि महाकुम्भ महा महोत्सवमा देश-विदेशका लाखौं श्रद्धालुको सहभागिता हुँदै गरेको पाइएको छ । मुख्य आकर्षणका रूपमा भोलि पुस २७ गते देवघाट दिव्यधामको शिलान्यास गरिनेछ भने देवघाट विकास केन्द्र नेपालले १५ सय किलोग्रामको अष्टधातुको कलश घडा र महाकुम्भ घडा स्थापना गरिएको छ । विशेष धार्मिक विधि र साधु-सन्तहरूको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न हुँदै छ । शिलान्यासमा १०८ साधु-सन्तहरूको नेतृत्वमा जगशिला राखी नवरत्न र स्वर्ण अनन्त शेष स्थापना गरिनेछ। “देवघाटलाई नेपालकै प्रमुख धार्मिक, सांस्कृतिक, र पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने” परिकल्पनासहित अघि बढाइएको यो परियोजना नेपालकै सांस्कृतिक गौरव हुने विश्वास गरिएको छ। माघ महिनाभरि भक्तजनहरूले १ लाख शीला पूजन, रामनाम लेखन, भजन-कीर्तन, कथा प्रवचन, र विशेष माघ स्नानमा सहभागी हुने कार्छयक्न्रममा उल्लेख छ । महोत्सव अवधिभर ३० लाखभन्दा बढी भक्तजनको उपस्थिति रहने अनुमान गरिएको छ। विश्वप्रसिद्ध कथा वाचकहरूको कथा प्रवचन, सांस्कृतिक कलाकारहरूको प्रस्तुति, र योग प्रशिक्षकहरूद्वारा आयोजित योग सत्रहरूले महोत्सवलाई विशेष बनाउदै गरेको पाइन्छ। परिक्रमा कार्यक्रमको नेतृत्व देवघाट दिव्यधामका परिकल्पनाकार ईश्वरकृष्ण महाराज, नृसिंहधाम पीठाधीश्वर डा. श्रीवास कृष्णदास ब्रह्मचारी, र महोत्सवका प्रमुख व्यवस्थापक आचार्य श्रीधर वस्यालले गर्नुभएको थियो भने आदि महाकुम्भको नेतृत्व देवघाट विकास केन्द्र नेपालका अध्यक्ष डा. नारायाणाचार्य देवबाबा र गुरु वशिस्ट धर्मपाल महाराजले गर्नुभएको थियो । धार्मिक, सांस्कृतिक र सामाजिक महत्वको देवघाट क्षेत्र यसपटक ऐतिहासिक आदिमहाकुम्भ तथा देवघाट महा महोत्सव २०८१ को मुख्य केन्द्र बनेको छ। यस आदि महाकुम्भ तथा महा महोत्सवले धार्मिक आस्था बलियो बनाउँदै नेपाललाई सांस्कृतिक र पर्यटन क्षेत्रका लागि एक वैश्विक गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिनेमा दुइमत रहेन । आदि महाकुम्भ तथा देवघाट महा महोत्सव २०८१ धार्मिक र सांस्कृतिक दृष्टिले नेपालको इतिहासमा स्वर्णिम अध्यायका रूपमा स्थापित हुने निश्चित छ। महोत्सवसँगै निर्माणाधीन माता-पिता सेवा आश्रमले पनि विशेष चर्चा पाएको छ। ३६५ कोठा समेटिएको यो विशाल परियोजनाले हजारौं वृद्ध अभिभावकलाई सुरक्षित र धार्मिक वातावरणमा आश्रय प्रदान गर्नेछ। देवघाट महा महोत्सवले नेपालमा धार्मिक पर्यटनको विकास र सामाजिक एकताको प्रवर्द्धनमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ। आयोजकहरूले सम्पूर्ण श्रद्धालु भक्तजनलाई महा महोत्सवमा सहभागी भई ऐतिहासिक अवसरको लाभ उठाउन आह्वान गरेका छन्। माघ कृष्ण अमावाश्य गत माघ १६ गते शहिद दिवसका दिन भक्तजनहरुको भिडले अरु हौसला प्रदान गरेको छ ।

देवघाट विकास केन्द्र नेपालका प्रमुख संरक्षक गुरु वशिष्ट धर्मपाल महाराजले सबै स्थानका सबै व्यक्तित्वहरुलाई १५ सय किलोग्रामको अष्टधातुको कलश घडाको दर्शन गर्न आह्वान गर्नुभएको छभने अब यसको दर्शन गर्न अर्ध आदि महाकुम्भ २०८७ र पूर्ण आदिमहाकुम्भ २०९३ मा मात्र दर्शन गर्न सकिने बताउनु भएको छ । आदि महाकुम्भ तथा देवघाट महामहोत्सव २०८१ माघ शुल्क पुर्णिमाका दिन या यहि माघ ३० गते बुधबार समापन हुने आयोजक समिति जनाएको छ ।

Like