इन्स्टाग्रामका लागि भन्दै झुक्क्याएर बिहे गरेपछि…
एजेन्सी/अस्ट्रेलिया, माघ ५,
अस्ट्रेलियामा एक महिला आफ्नो विवाह रद्द गर्न माग गर्दै अदालतमा पुगेको घटना बाहिरिएको छ । इन्स्टाग्रामका लागि भन्दै आफ्नो पार्टनरले झुक्क्याएर साँचो विवाह गराएको उनको आरोप छ । यसैबिच सोही वर्षको डिसेम्बरमा उनलाई सिड्नीमा आयोजित ‘ह्वाइट पार्टी’ मा निमन्त्रण गरियो । उनलाई पार्टीमा सेतो लुगा लगाएर आउन भनियो । ती महिलाले प्रस्ताव स्वीकार पनि गरिन् । जब उनी पार्टीस्थलमा पुगिन्, त्यहाँ उनले आफ्नो पार्टनरलाई फोटोग्राफर, फोटोग्राफरको साथी र विवाह गर्ने अधिकारी देखिन् । अदालतले महिलाको नाम भने गोप्य राखेको छ । उनले न्यायाधीशसामु आफूले ‘पति’लाई सन् २०२३ को सेप्टेम्बरमा डेटिङ एपमार्फत भेटेको बताएकी छन् । त्यसपछि दुवै जना मेलबर्नमा नियमित रूपमा भेटघाट गर्न थालेका थिए । त्यसपछि उनको पार्टनरले उनलाई आफ्नो सामाजिक सञ्जाल इन्सटाग्रामको फलोअर्स बढाउन नक्कली विवाह गर्न लागेको र उनलाई बेहुलीको भूमिका निभाउन आग्रह गरे । ‘इन्सटाग्रामको फलोअर्स बढाएर मनिटाइज गर्ने उनले आफ्नो योजना सुनाए,’ ती महिलाले अदालतमा भनेकी छन् ।‘नक्कली’ विवाहको दुई महिनापछि ती महिलाका पार्टनरले उनलाई अस्ट्रेलियाको पर्मनेन्ट रेसिडेन्सीका लागि उनको डिपेन्डेन्टमा नाम थप्न आग्रह गरे । यसले उनलाई पीआर पाउन सजिलो हुने ती पार्टनरको भनाई थियो । दुवै जना अस्ट्रेलियामा बाहिरबाट आएका थिए । सुरुमा महिलालाई शङ्का लागे पनि केही नहुने आश्वासन पाएपछि उनले नक्कली विवाह गर्न राजी भइन् । उनलाई विवाह गर्न पहिले दस्ताबेजमा हस्ताक्षर गर्नुपर्ने र उनले कुनै पनि हस्ताक्षर नगरेको कारण केही नहुने भनिएको थियो । अदालतमा करिब २४–२५ वर्षकी ती महिलाको विवाहको भिडियो पनि देखाइएको थियो । जसमा उनी खुसीसाथ सबै प्रक्रियामा सामेल भएको देखिन्छ । तर, यो सबै आफ्नो पार्टनरको इन्सटाग्रामको लागि सक्कली दुलही देखिन गरेको उनको दाबी छ । उनको आग्रहमा महिलाले आफूले विवाह नगरेका कारण यो सम्भव नहुने बताइन् । त्यतिबेला मात्र ती पार्टनरले उनलाई नक्कली भनिएको विवाह सक्कली भएको खुलासा गरेको महिलाको भनाई छ । यद्यपि, अदालतमा भने दुवै जना फरक–फरक ठाउँमा बस्दै आएको दस्ताबेज पेस गरिएको थियो । त्यसमाथि किन उनीहरू बस्दै आएको मेलबर्नको साटो सिड्नीमा विवाह गरियो रु किन उनीहरूको परिवार उपस्थित थिएनन् रु जस्ता प्रश्नको उत्तर नभएपछि मेलबर्नको फ्यामिली कोर्टले सो विवाह रद्द गर्ने निर्णय गरेको छ । उनले विवाह अघि नै महिलाको नक्कली हस्ताक्षर लिएर विवाहको लागि दर्तासमेत गराएको महिलाले बताइन् । यता, उनको पार्टनर भनिएका ३० वर्षीय पुरुषले भने आफूले विवाहको अघिल्लो दिन ती महिलालाई प्रपोज गरेको र उनले विवाहका लागि स्वीकार गरेपछि सिड्नीमा विवाह गरेको बताएका छन् । दुई जनाको भेटपछि दुवैसँगै बस्न थालेको पनि ती पुरुषले दाबी गरेका छन् ।