पोखरा ८७ रनले पराजित हुँदा चितवनको दोस्रो जित
रासंसा/काठमाण्डौ, मार्ग १८,
मुलुकमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ। यससँगै चितवनले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो । पोखराका लागि नवौं ब्याटर नारयण जोशीले सर्वाधिक ३० रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यसअघि कुनै पनि ब्याटरले राम्रो नगर्दा जोशीले भने पोखराको स्कोर केही उकासे। १६२ रनको विजयी लक्ष्य पछ्याएको पोखराको पहिलो ओभरमै चितवनका सोहिल तान्भिरले पहिलो ओभरमै विकेट लिए। यो क्रम निरन्तर जारी रह्यो। जसका कारण पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो। चितवनले दिएको १६२ को लक्ष्य पछ्याएको पोखराले पहिलो ओभरमा कुशल भुर्तेल, दिलिप नाथ र बास डे लिडेलाई गुमायो। यो तीनै विकेट चितवनका सोहिल तान्भिरले आउट गरेका हुन्। पावरप्लेमा पोखराले ६ विकेट गुमाएर १६ रन बनाएको थियो। १० ओभर पोखरा ७ विकेट गुमाएर ४५ रन बनाएको थियो। त्यसअघि, कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। पावरप्लेमा चितवनले ३ विकेट गुमाउँदै ५० रन बनाएको थियो। त्यसपछि चितवनको स्कोर उकास्न चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गरेका थिए। व्याक्तिगततर्फ चितवनका लागि रवि बोपाराले ५१ रन बनाए। ११औं ओभरको दोस्रो बलमा पुन मार्कस क्रिच्लेलाई लुक बेन्केन्स्टाइनले आउट गरे। त्यसपछि पनि लगातार विकेट गुमाउँदा ७ रन बनाउँदा ६ विकेट गुमाएको पोखराका लागि मार्कस क्रिच्लीले १७ रन बनाए। विपिन खत्री ९ रनमा अन्तिम विकेटको रूपमा बोल्ड भए। पोखरालाई सस्तैमा समेट्न चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र लुक बेन्केन्स्टाइनले समान ३/३ विकेट लिए भने दिपक बोहोराले १ विकेट लिए। पहिलो ओभरको पाँचौं बलमा विपिन खत्रीले दिपक बोहोरालाई २ रनमाबोल्ड गरे। दोस्रो विकेटको रुपमा हसन इसाखिल १० बलमा १ चौका र १ छक्का सहित १४ रन बनाए। विपिनले उनलाई कुशल भुर्तेलको हातमा क्याच गराए। तेस्रो विकेटको रुपमा लुक बेन्केन्स्टाइन १३ बलमा १ चौका र २ छक्का प्रहार गरी १६ रनमा बस डी लिडेको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। आजको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको हो। बुधबार पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाजको हुनेछ। दोस्रो खेलमा विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच हुनेछ। रवि बोपाराले १५.३ ओभरमा ३६ बलमा समान ३ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन्। सोही ओभरको अन्तिम बलमा ठुलो सट खेल्ने धुनमा उनी क्रिच्लेको हातबाट क्याच आउट भए। १६.२ ओभरमा बास डी लेडेले सोहिल तान्भिरलाई डक आउट गरे। सातौं विकेट सन्तोष कार्कीको गयो । उनी १३ बलमा ११ रन बनाएर रेफरको बलमा विपिन कार्कीको हातमा क्याच भए। पोखराका लागि बास डी लेडे, रेमोन रेफर र विपिन खत्रीले समान २/२ विकेट लिए। सागर ढकालले १ विकेट लिए।