पूर्वमुख्यमन्त्री कार्की पुनः अनशनमा
रासंसा/मोरङ, भाद्र २६,
मुलुकमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै केही समयअघि उनलाई प्रहरी नियन्त्रण लिएको थियो । प्रहरीले उनलाई गाडीमा टन्कीसिन्वारीको घरसम्म छाडेर फर्किएको थियो । लगत्तै उनी निजी गाडी चढेर अनशन बस्न विराटनगर आएका थिए । उनी अहिले विराटनगरको देवकोटा चोकमा अनशन बसेका छन् । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्वमुख्यमन्त्री कार्की प्रदेशसभा भवन अगाडि रहेको वनसखण्डी मन्दिर अगाडि अनसन बसेका थिए। अहिले कार्कीका समर्थकहरूले प्रहरी दमन भएको भन्दै अनसनस्थलमा नाराबाजी गरिरहेका छन्। अनसनस्थलबाट अहिले भर्खरै नियन्त्रणमा लिएर प्रहरीले भ्यानमा राखेर कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङतिर लगेको छ। मंगलबार साँझ ठूलो संख्यामा अनसनस्थलमा पुगेको प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई नियन्त्रणमा लिने प्रयास गर्दा कार्कीका समर्थक र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो।