सम्पत्ति विवरणमा-प्रधानमन्त्री प्रचण्डको न ऋण छ न सवारी, सबैभन्दा धनी श्रममन्त्री, गरिब परराष्ट्रमन्त्री

Share to:

रसंसा/काठमाण्डौ, ज्येष्ठ १०,

मुलुकमा सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। गृहमन्त्रीकी पत्नी निकिताको नाममा बूढानीलकण्ठ–८ मा ५ आना जग्गामा बनेको ३ करोड ७५ लाख रुपैयाँको घर रहेको छ। यस्तै निकिता पौडेलको नाममा ८० तोला सुन, १५२० केजी चाँदी छ। निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर र ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट खरिद गरेको टाटा नेक्सनको विद्युतीय कार रहेको विवरणमा उल्लेख छ। यस्तै उनी नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको र नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ। प्रधानमन्त्री प्रचण्डको नाममा एभरेस्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको छ। यस्तै भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर, भरतपुर महानगरपालिकामा स्वर्गीय पत्नी सीता दाहालको नाममा १ कठ्ठा जमिन रहेको उल्लेख छ। विवरणअनुसार प्रधानमन्त्रीसँग ५ तोला सुन समेत छ। विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन। सरकारले जारी गरेको सार्वजनिक सम्पत्ति विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल सबैभन्दा धनी मन्त्री देखिएका छन्। गृहमन्त्रीकी पत्नी निकिताको नाममा बूढानीलकण्ठ–८ मा ५ आना जग्गामा बनेको ३ करोड ७५ लाख रुपैयाँको घर रहेको छ। यस्तै निकिता पौडेलको नाममा ८० तोला सुन, १५२० केजी चाँदी छ। निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर र ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट खरिद गरेको टाटा नेक्सनको विद्युतीय कार रहेको विवरणमा उल्लेख छ। यस्तै उनी नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको र नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ। उनीसँग निजी कमाइबाट जोडेको काठमाडौं महानगरपालिका–१६ मा २८७ वर्गमिटरमा फैलिएको घर रहेको छ। जसको लागत ३ करोड रुपैयाँ छ। घर भने श्रीमती अम्बिका केसीको नाममा रहेको विवरणमा उल्लेख छ। त्यस्तै मन्त्री अर्यालसँग टोयटा प्राडो र टाटाको नेक्सन ईभी कार रहेको विवरणमा उल्लेख छ। उनले निजी कमाइबाट ब्यांकेटदेखि टुर एन्ड ट्राभल्स, रेमिटलगायत जोडेका छन्। मन्त्री अर्यालले लिएको साढे २ करोड ऋणमध्ये एक करोड चुक्ता गरेका छन् भने डेढ करोड ऋण दिएको विवरणमा उल्लेख छ। त्यस्तै श्रीमतीको नाममा धादिङ र काठमाडौंका ५ स्थानमा विभिन्न कित्ताका जग्गाहरू रहेको विवरणमा उल्लेख छ। त्यस्तै मन्त्री अर्यालको नाममा लमजुङका विभिन्न ५ स्थानमा जग्गा रहेको छ। उक्त जग्गाहरू ६ रोपनीदेखि ६ आनासम्मका रहेको विवरणमा उल्लेख छ। निजी व्यापारबाट जोडेका उक्त सम्पत्तिको मूल्य करोडौं रहेको छ। त्यस्तै मन्त्री अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको छ। उक्त सुन व्यापारबाट जोडेको उनले भनेका छन्। त्यस्तै मन्त्री अर्याल र श्रीमतीका नाममा गरेर विभिन्न ७ वटा बैंकमा २ करोड बढी नगद मौज्दात रहेको छ। त्यस्तै मन्त्री अर्यालसँग व्यापारबाट आर्जन गरेका ६ वटा कम्पनी र संस्थाका सेयर रहेको विवरणमा उल्लेख गरेका छन्। उक्त कित्ता २ हजारदेखि ३५ हजारसम्म रहेको विवरणमा उल्लेख छ।
सबैभन्दा गरिब मन्त्री उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समग्र मन्त्रीमण्डलमध्ये सबैभन्दा कम सम्पत्ति बुझाउने मन्त्रीमा पर्छन्। विवरणअनुसार उनको बैंक खातामा १ लाख २२ हजार ९ सय १८ रुपैयाँ देखिन्छ। गोरखाको सिरानचोक गाउँपालिका ८ मा ३ कित्ता जग्गा, एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना पैत्रिक सम्पत्ति छ। यस्तै बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि रहेको विवरणमा उल्लेख छ। उक्त गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख छ।
अर्थमन्त्री वर्षमान पुन
पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ। त्यसैगरी रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति, एक थान हलुका सवारीसाधन पनि छ।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ। त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ। यस्तै मन्त्री सेठको नाममा २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन र १.५ किलो चाँदी छ। मन्त्रीकी पत्नीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा १ करोड ५० लाख रुपैयाँ, श्रीमान्को नाममा २.४१ करोड रुपैयाँ, एनआईसी एसिया बैंक खातामा १ करोड १५ लाख रुपैयाँ, एभरेस्ट बैंकमा ३७ लाख रुपैयाँ रहेको छ। श्रेष्ठको नाममा काभ्रेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा, विवाहमा उपहार पाएको १० तोला र हजुरआमाको शेषपछि पाएको १ तोला गरी ११ तोला सुन, विवाहमा उपहार पाएको १ सय तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप, एक थान स्कुटर, एक थान विद्युतीय गाडी रहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको नाममा राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ नगद, चल सम्पत्तिमा १३ लाख नगद, नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति र ६ तोला सुन र ७-८ तोला चाँदी रहेको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाह
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको बाराको कलैया उपमहानगरपालिकामा पुख्र्यौली जग्गा, जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा, श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा ५) कठ्ठा पुख्र्यौली सम्पत्ति र सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको छ। यस्तै मन्त्री साहको १० तोला सुन, २५ तोला चाँदी, बैंक खातामा ३० हजार रुपैयाँ तलब र ४ कठ्ठामा बनेको अढाइ तल्लाको घर भएको सम्पत्ति विवरणमा उल्लेख छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको नाममा कीर्तिपुरमा ६ अना १ पैसा एक दामको साढे दुईतले घर, ६ तोला सुन र २ तोला चाँदी, राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेस्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख नगद मौज्दात, ३६ लाख बराबरको हुन्डाई कार रहेको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीको ५ तोला सुन रहेको र यसको स्रोत पैतृक नै भएको उल्लेख गरेका छन्। उनको १० लाख बैंक खाता देखिन्छ। ६ लाख बराबरको सेयर खरिद गरेका छन्। जाजरकोट र सुर्खेत गरेर २ स्थानमा घर घडेरी विवरणमा उल्लेख छ।
संघीय मामिला तथा समान्य प्रशासनमन्त्री भानुभक्त जोशी
जोशीको ९० तोला सुन रहेको उल्लेख गरेका छन्। काठमाडौं कीर्तिपुरमा एउटा घर बझाङ २ ठाउँमा गरेर ४ रोपनी जग्गा भएको खुलाएका छन्। ८ लाख रुपैयाँको सेयर। केही सुनचाँदी भएको विवरण राखेका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी
गिरीको स्वामित्वमा २३ तोला सुन छ। कुश्मामा ७ आना जग्गामा घर। अन्य दुई ठाउँमा ७ र ४ आना जग्गा सबै पैतृक सम्पत्ति भएको खुलाएका छन्। ५० लाखको सेयर र ४० लाख ऋण लिएको देखाएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग १० तोला सुन छ। १५ लाख स्वआर्जन गरेको देखाएका छन्। कपिलवस्तुका विभिन्न ठाउँमा अढाई विघा परिवारका अरु सदस्यका नाममा पनि देखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी
मन्त्री दामोदर भण्डारीको विवरणमा ६ तोला सुन रहेको उल्लेख छ। बैतडी पाटनमा ६ कोठे घर छ। बैतडी कञ्चनपुर गरेर २ रोपनि २ कठ्ठा जग्गा ११ लाख बैँक ब्यालेन्स र ८ लाखको सेयर देखिन्छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी
चौधरीसँग ७५ तोला सुन छ। उनीसँग २५ किलोग्राम चाँदी छ। सुनसरी र काठमाडौंमा गरेर २ करोड ६७ लाखको घरजग्गा रकमको विवरण छ। स्व आर्जनबाट ४६ लाखको विभिन्न ठाउँमा जग्गा किनेको विवरण देखिन्छ। उनको १७ लाख मौज्दात रकम छ। र ३ लाख बराबरको सेयर रहेको विवरण छ।
खानेपानी मन्त्री राजेन्द्रकुमार राई
स्वामित्वको १० तोला सुन र १०० तोला चाँदी छ। धनकुटाका विभिन्न ठाउँमा जग्गा विवरणमा छ। २ ओटा स्कुटर ४५ लाख ऋण देखिन्छ।
रक्षामन्त्री हरि उप्रेती
रक्षामन्त्री हरि उप्रेतीसँग २५ तोला सुन छ। सर्लाहीका विभिन्न ठाउँमा गरेर करिब ४ बिघाहा जग्गा र घडेरी विवरणमा रहेको छ।
सहरी विकासमन्त्री धनबहादुर बुढा
मन्त्री धनबहादुर बुढासँग १५० तोला सुन र ३०० तोला चाँदी छ। काठमाडौंको ३ ठाउँमा घर जग्गा र डोल्पामा जग्गा विवरणमा छ। ६० लाख मौज्दात रकम देखिन्छ।
वनमन्त्री नवलकिशोर साह सुडी
उनकी श्रीमती सावित्रीकुमारी सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी छ। उनले विवरणमा छोरा सुमित कुमारसँग ३५ तोला सुन, बुहारीहरू माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मञ्जु साहसँग २८ तोला सुन रहेको उल्लेख गरेका छन्। सप्तरीका विभिन्न ठाउँमा जग्गा विवरणमा छ। उनको १ करोड ३५ लाखको शेयर रहेको छ। करिब डेढ करोड मौज्दात रकम रहेको छ।
हालसम्म सम्पत्ति विवरण नबुझाउने मन्त्रीमा
स्वास्थ्यमन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान छन्।

Like