आज पनि सन्दीपविरुद्धको मुद्दा ‘हेर्न भ्याएने अदालतले

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १६,

मुलुकमा क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेकाे छ। बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए। आज उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको साे मुद्दा हेर्न नभ्याइनेमा परेकाे हाे। काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन।

Like