क्रियाशील अध्यावधिक,प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रमको महामन्त्री पौडेलद्वारा उद्घाटन

अन्जनराज न्यौपाने गण्डकी
प्रदेश कास्की
कास्की ।
नेपाली कांग्रेसको “सदस्यता अद्यावधिक अभियान” अन्तर्गत आज पोखरामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पार्टीका महामन्त्री प्रदीप पौडेल गरेका हुन।
कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको क्रियाशील सदस्यतालाई डिजिटल प्रणालीमा लैजाने अभियानलाई सफल पार्न सबै नेता-कार्यकर्तालाई एकजुट हुन आग्रह गरे। उनले भने, “यो पुरानो क्रियाशील सदस्यता खारेज गर्ने प्रक्रिया होइन, अद्यावधिक गर्ने हो, कोही पनि अलमलमा नपरौं भन्दै सम्पूर्ण कार्यकर्ताहरू तल्लो तहदेखि माथिल्लो तहसम्म एक्यबद्धता कायम गरी समन्वय सहकार्य सहमतिमा अगाडि बढ्न निर्देशन दिए।
महामन्त्री पौडेलका अनुसार डिजिटल अद्यावधिकले सदस्यता नवीकरणलाई सहज बनाउने, पारदर्शिता बढाउने र पार्टीका गतिविधिमा सहभागिता सहज बनाउने छ। उनले पार्टी सदस्यको विचार संकलन, जिम्मेवारी बाँडफाँड र क्षमता पहिचानका लागि पनि डिजिटल रेकर्ड आवश्यक रहेको बताए।
कार्यक्रममा कांग्रेसप्रति आस्थावान क्रियाशील सदस्यतालाई वडामै गएर फारम अद्यावधिक गर्ने व्यवस्था गरिएको जानकारी दिए। वडा सभापतिको सदरपछि मात्रै सदस्यको इन्ट्री वैध मानिने र अद्यावधिक नगर्ने सदस्यले आगामी १५ औं महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने व्यवस्था रहेको उनले बताए ।
महामन्त्री पौडेलले अब पार्टीको प्रचार, सर्कुलर र राय संकलन सबै डिजिटल माध्यमबाट गरिने भन्दै प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए। उनले हरेक क्रियाशील सदस्यलाई प्रणालीमा जोडेर पार्टीप्रति अपनत्वको भाव विकास गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे।
कार्यक्रममा कास्की जिल्लाका विभिन्न वडाका पार्टी प्रतिनिधि, क्रियाशील सदस्य र स्थानीय नेताहरूको सहभागिता रहेको थिय।