स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ शाखामा पुन: पाण्डे र ललितपुर शाखामा पु:न नौवाग सर्वसम्मत

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २४,

स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ शाखा र ललितपुर शाखाको पाचौ जिल्ला अधिवेशन तथा आठौ साधारण सभा र उपत्यका शाखाको भेला सम्पन्न भएको छ । काठमाण्डौ जिल्ला अध्यक्ष तथा उपत्यका संयोजक पुष्कर राज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष सहप्राध्यापक डा. के. बि. सम्राटको प्रमुख आतिथ्यता थियो । संघका राष्ट्रिय पदाधिकारी उपमहासचिव रत्नकाजि प्रजापति, कोषाध्यक्ष बद्रि दुलालको विशेष आतिथ्यता थियो । यस्तै अतिथिहरुमा प्रताप राना मगर, राजेश अमात्यलगायतका राष्ट्रिय पार्सद उपस्थिति थियो भने रेडियो नेपालका प्रतिनिधि बलराम कोइरालालगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष सहप्राध्यापक डा. के. बि. सम्राटले पानसमा दियो प्रज्वलन गरि पाचौ जिल्ला अधिवेशन तथा आठौ साधारण सभाको समुद्घाटन गर्नुभएको थियो । आठौ साधारण सभा तथा पाचौ जिल्ला अधिवेशनले काठमाण्डौ शाखामा पुष्कर राज पाण्डेको नेतृत्वमा ७ सदस्यीय नया जिल्ला कार्य समिति निर्वाचन प्रक्रियाबाट सर्वसम्मत निर्वाचित भएको पदाधिकारीहरुको घोषणा प्रमुख अतिथि सहप्राध्यापक डा. के. बि. सम्राटले घोषणा गर्नुभएको थियो । काठमाण्डौ शाखामा २ वर्षे कार्यकाल रहेको निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष पुस्कर राज पाण्डे, उपाध्यक्ष सावित्री बस्नेत (सबु), कोषाध्यक्ष रिता श्रेष्ठ प्रधान, सचिव कृष्णराज तिमिल्सिना, सहसचिव मधु कटेल छन् भने सदस्यहरुमा प्रदिप श्रेष्ठ र शुसिल राना निर्वाचित भएका छन् । यसरि नै राष्ट्रिय पार्सदमा सहप्राध्यापक डा. के. बि. सम्राट र महेश बिक्रम कुवर निर्वाचित भएका छन् । यस्तै प्रदेश पार्सदमा प्रताप राना मगर र बसन्त राज घिमिरे निर्वाचित भएका छन् ।
आठौ साधारण सभा तथा पाचौ जिल्ला अधिवेशनले ललितपुर जिल्ला शाखामाउपश नौवागको नेतृत्वमा ९ सदस्यीय नयाँ जिल्ला कार्य समिति निर्वाचन प्रक्रियाबाट सर्वसम्मत निर्वाचित भएको पदाधिकारीहरुको घोषणा प्रमुख अतिथि सहप्राध्यापक डा. के. बि. सम्राटले घोषणा गर्नुभएको थियो । जस अनुसार ललितपुर जिल्ला शाखामा २ वर्षे कार्यकाल रहेको निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा उपेश नौवाग, उपाध्यक्षमा द्वय कृष्ण राज तिमिल्सिना र इश्वर श्रेष्ठ, सचिवमा दिपक अधिकारि, सहसचिवमा सरिता थपलिया, कोषाध्यक्षमा किशोर सिलवाल, सहकोषाध्यक्षमा मनोजसिङ ठकुरी सर्वसम्मत निर्वाचित भएका छन् भने सदश्यहरुमा निमा साङ्गे शेर्पा, सिलास सोप्, शम्भु श्रेष्ठ, राधिका सेवा सर्वसम्मत निर्वाचित भएका छन् । उपस्थित अतिथि, विशेष अतिथिहरुले आआफ्नो शुभकामना ब्यक्त गरेका थिए । प्रमुख अतिथिको आसनबाट राष्ट्रिय वरिष्ठ उपाध्यक्ष सहप्राध्यापक डा. के. बि. सम्राटले स्वतन्त्र पत्रकारले देश र जनताका लागि निभाउनु पर्ने भूमिकामाथि प्रकाश पार्दै निर्वाचित पदाधिकारीहरुलाई सिन्दुर अबिरले बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन भने ललितपुर शाखा अध्यक्ष उपेश नौवागले गर्नुभएको थियो । कार्यक्रममा आगमन हुँदै गरेको नयाँ वर्ष २०८१ को पावन अवसरमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुलगायत दुवै लिल्लाका पदाधिकारीहरुले शुभकामना आदान प्रदान गरेका थिए । आठौ साधारण सभा तथा पाचौ जिल्ला अधिवेशनका सभापति काठमाण्डौ जिल्ला अध्यक्ष तथा उपत्यका संयोजक पुष्कर राज पाण्डेले साधारणसभा तथा अधिवेशन २०८० समापन गर्दै स्वतन्त्र पत्रकारमात्र राज्यका चौथो अंग हुन सक्छन राजनीति पार्टीको गुटबन्दी र भात्री संगठनमा रहेका पत्रकार पार्टीका मुखपत्र बन्ने गरेका छन् भन्दै उपत्यका शाखा चांडो भन्दा चांडो अधिवेशन हुने बताउनुहुँदै उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।

Like