अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाको रक्तदान कार्यक्रम सम्पन्न

Share to:

रासंसा/रसुवा, फाल्गुन ०९,

मुलुक्मा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा र एस.एल.सी-५६ बाय्‌जद्वारा संयुक्तरूपमा तेस्रो पटककाे रक्तदान कार्यक्रम आयाेजना गरि सम्पन्न गरेकाे छ ।
स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे बिशेष आतिथ्यतामा आयाेजित साे कार्यक्रमकाे शुभारम्भ कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले प्रमुख आतिथिकाे आशणबाट रक्त संकलन थैली हस्तान्तरण गरि गरिएको थियोे ।

कार्यक्रमका अतिथिहरू क्रमशः उत्तरगया गाउँपालिकाका अध्यक्ष माधबप्रसाद अर्याल,नाैकुण्ड गाउँपालिकाकाे उपाध्यक्ष चन्द्रबहादुर तामाङ्ग,कालिकास्थान गाउँपालिका वडा २ का अध्यक्ष उमेश न्याैपाने,उत्तरगया गाउँपालिका वडा नं.४ का अध्यक्ष अमर बुलुन,कालिका क्याम्पस प्रमुख केशब रिजाल,कालिका क्याम्पसका पूर्बप्रमुख कमल आचार्य रहनुभएकाे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका सचिब हेमनाथ खतिवडाले सञ्चालित
कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा १०३ जनाले रक्तदान गर्नुभएको उक्त कार्यक्रमकाे सभापतित्व एस.एल.सी. – ५६ बाय्‌जका का.वा. अध्यक्ष रामप्रसाद ढकालले गर्नुभएको थियोे भने कार्यक्रमकाे संयाेजन निशान गजुरेलले गर्नुभएको थियो । प्रमुख अतिथि लगायत सहभागी रक्तदाताहरूलाई विशेष अतिथि प्रेमसागर कर्माचार्यद्वारा प्रशंसा-पत्र बितरण गर्नुभएको थियोे ।

Like