अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

केएमसी बास्केटबल आज शुक्रबारदेखि

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १५,

मुलुकमा तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। केएमसी स्कुलको आयोजनामा हुने प्रतियोगितामा विभिन्न चार विधामा कुल ३८ टोलीले प्रतिस्पर्धा गर्ने केएमसीका निर्देशक डा. मनोजकुमार थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान ८÷८ टिमले प्रतिस्पर्धा गर्ने छन्। सिनियर ब्वाइज सहभागी टिमलाई चार समूह तथा जुनियर ब्वाइज र गल्र्स टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। थ्री अन थ्री स्वरूपमा हुने शिक्षकको प्रतिस्पर्धामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख रूपैयाँ खर्च हुने केएमसीका एकेडेमिक को–ओर्डिनेटर इन्द्रमणि ज्ञवालीले बताए। केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले विद्यालयबीचको सम्बन्ध अझ प्रगाढ बनाउन र विद्यार्थीलाई खेलमा प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको बताए। भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू बुद्धनगरस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइनेछ।

Like