पेट्रोल र डिजेलको मूल्य वृद्दिसंगे एकै पटकमा ग्यास सिलिण्डरमा २३५ रुपैयाँले वृद्धि

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १५,

मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। एनओसीले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३.१७ रुपैयाँ र डिजेलमा २.४८ रुपैयाँ र ग्यासमा १८६.४५ रुपैयाँ वृद्धि गरेको थियो। आज राति १२ बजेपछि मूल्यवृद्धि हुने निगमले जनाएको छ। जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको हो। त्यस्तै ग्यासको मूल्य पनि २३५ रुपैयाँले वृद्धि भएको छ। यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको १७० रुपैयाँ पुगेको छ। त्यस्तै ग्यासको मूल्य वृद्धि भएर १८९५ रुपैयाँ पुगेको छ।

Like