महामन्त्रीद्वय निसानामा
रासंसा/काठमाण्डौ, श्रावण ५,
मुलुकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूको निसानामा परेका छन्। एक वर्षपछि मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय सदस्यहरूको आलोचनाको केन्द्रमा परेका हुन्। १४औं महाधिवेशनबाट परिपक्व र युवालाई पदाधिकारीमा जिताएर नेता तथा कार्यकर्ताले संगठनलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने अभिमत प्रकट गरेका थिए। कार्यकर्ताको अभिमतविपरीत महामन्त्रीहरू ‘आफू र आफ्ना’ को पक्षपोषणमा लागेको आरोप बैठकमा सदस्यहरूले लगाए। केन्द्रीय सदस्य केशव बुढाथोकीले पार्टीमा पुरानै गुटको रोग मौलाएको गुनासो गरे। महामन्त्रीहरू नै गुट भेलामा सक्रिय रहेको आरोप लगाउँदै उनले भने, ‘महामन्त्रीहरू गुट भेलामा जानु भएन। यस्तै गतिविधि गर्ने हो भने हामी दुवै महामन्त्रीलाई बहिष्कार गर्छौं। महामन्त्रीहरूको भूमिका चित्तबुझ्दो हुँदै भएन।’ संगठन निर्माणभन्दा सभापति देउवाको आलोचनामै महामन्त्रीद्वयले समय बिताएको आरोप सदस्यहरूको छ। उनीहरूले पार्टीलाई विधि, विधानअनुसार सञ्चालन गर्नुभन्दा पनि महामन्त्रीहरू सभापतिको आलोचना, गुटगत बैठक, मिडिया र सामाजिक सञ्जालमा रमाएको आरोप लगाएका छन्। महामन्त्रीद्वयमाथि पार्टी संगठनको कामभन्दा मिडियाकेन्द्रित भएर आत्मरतिमा रमाइरहेको आरोप लगाउँदै बिहीबारको बैठकमा केन्द्रीय सदस्य रमेश रिजालले भने, ‘उहाँहरू आत्मकेन्द्रित प्रचारमा रमाएर बस्नुभयो, आफ्नो भूमिकालाई गौण बनाउनुभयो।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूको निसानामा परेका छन्। पार्टी कमजोर हुँदा सभापति डुब्ने र अरु बलियो नहुने भन्दै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले दललाई कमजोर बनाउने काम नगर्न आग्रह गरे। पार्टी विधानले सभापति र संसदीय दलको नेतालाई निर्वाचित गर्ने जस्तै हटाउने पनि व्यवस्था गरेको पाण्डेले बताए। तर त्यो कुन बेला कसरी गर्ने भन्ने विधानमा व्यवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘त्यसैले गर्ने कुरालाई सकिन्छ भने गरिहालौं, नभए भनेरमात्रै अतिरञ्जित नगरौं।’ प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा महामन्त्रीहरू आफ्नो क्षेत्रबाट बाहिर निस्कन नसकेको आरोप पनि केन्द्रीय सदस्यहरूले लगाएका छन्। निर्वाचनका बेला महामन्त्रीहरू पार्टीको पक्षमा वातावरण बनाउन र युवा पुस्तालाई आकर्षण गर्न असफल भएको आक्षेप लागेको थियो। निर्वाचन प्रचारमा सभापति शेरबहादुर देउवा देश दौडाहामा निस्केका थिए। निर्वाचन परिणाम पार्टीको पक्षमा आएपछि पनि पदीय मर्यादा र सीमा बिर्सेर नेतृत्वको आलोचनामा उत्रिएको भन्दै नेता तथा कार्यकर्ताले विशेषगरी महामन्त्री गगनकुमार थापाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएका छन्। सभापति देउवासहित पहिलो पुस्ताका नेताले पार्टीलाई सम्हाल्न नसक्ने अवस्था आए युवा पुस्ताका दुई महामन्त्रीसहितका पदाधिकारीले संगठनलाई अघि बढाउने नेता कार्यकर्ताको बुझाइ थियो। पार्टीको बारेमा नकरात्मक भ्रम फैलाउने काम बन्द गर्न आग्रह गर्दै उनले भने, ‘जे–जे भए पनि हामी सबै एकै डुंगामा छौं, डुब्दा सबै एकैपटक डुब्छौं। शेरबहादुर देउवा डुबे गगन थापा पनि डुब्नुहुन्छ, म सुरेन्द्र पाण्डे पनि डुब्छु।’ पार्टी कमजोर हुँदा सभापति डुब्ने र अरु बलियो नहुने भन्दै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले दललाई कमजोर बनाउने काम नगर्न आग्रह गरे। पार्टी विधानले सभापति र संसदीय दलको नेतालाई निर्वाचित गर्ने जस्तै हटाउने पनि व्यवस्था गरेको पाण्डेले बताए। एकले अर्कोलाई हिलो छ्याप्दा संगठन बलियो नहुने धारणा राख्दै केन्द्रीय सदस्य उदयशमशेर राणाले पार्टी र नेतृत्वविरुद्धका अवभिव्यक्तिले निराशा जगाउने काममात्र गरेको टिप्पणी गरे। आपसमै लड्नुभन्दा विपक्षीसँग प्रतिस्पर्धा गर्नसक्ने गरी शक्ति आर्जनमा लाग्नुपर्ने धारणा राख्दै राणाले भने, ‘शुद्धीकरण सबैलाई चाहिएको छ। शुद्धीकरणका नाममा गालीगलौजमा उत्रिएर संगठन रूपान्तरण हुँदैन, सत्ता र शक्ति पनि आर्जन हुँदैन।’ तर मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पुरानो गठबन्धनलाई निरन्तरता दिन नसक्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्ताच्युत हुन पुगेको थियो। त्यसबाट पार्टीलाई जोगाउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने महामन्त्रीहरू आफ्नो दायित्वबाट चुकेको र नेतृत्वको आलोचनामै रमाएको भन्दै केन्द्रीय सदस्यहरूले आक्रोश पोखेका छन्। नयाँ पार्टी र नेताले तन्नरीलाई आकर्षण गरे पनि कांग्रेसका युवा महामन्त्रीहरू युवा र तन्नेरीसँग जोडिन नसकेको गुनासो पनि छ। जनतामा पार्टीप्रतिको विश्वास टुटेको छ। युवा नेताहरूले पनि तन्नेरी पुस्ताको विश्वास जित्न सकेनन्। युवा नेताहरूको ध्यान पनि संगठन होइन, गुट बनाउने र भत्काउने होडमै केन्द्रित भएको गुनासो नेता तथा कार्यकर्ताको छ। पार्टी, भ्रातृ र शुभेच्छुक संगठनलाई चलायमान बनाउन महामन्त्रीहरूले डेढ वर्षमा ठोस प्रयास नगरेको आरोप पनि लाग्दै आएको छ। महामन्त्री थापालाई संसदीय दलको नेता बन्न हतार नगर्न आग्रह गर्दै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले भने, ‘एउटा व्यक्तिलाई संसदीय दलको नेता चाहियो भन्दैमा समयको ख्याल नै नगरी बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्छ कि पाइन्न ख्याल गरौं।’ केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री थापाले पेस गरेको कार्यक्रमप्रति प्रश्न उठाउँदै उनले भने, ‘रूख सिंगै बोकेर आउँछ कि भनेको त रूखबाट खसेका पात मात्रै टिपेर ल्याइएको छ।’ १८ वर्ष उमेरदेखि ३५ वर्षका युवा कांग्रेसतिर आकर्षित नभएको धारणा राख्दै केन्द्रीय सदस्य प्रतिमा गौतमले युवा तथा विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम ल्याउनुपर्ने धारणा राखिन्। पार्टी संगठनलाई केन्द्रमा राखेर भ्रातृ संगठनलाई तत्काल पूर्णता दिनुपर्ने उनले बताइन्। केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले पार्टीमा विधान कार्यान्वयन गर्ने र विधिले शासन गर्ने विषयमा नेतृत्व प्रतिबद्ध नदेखिएको बताए। पार्टी विधि र विधानले चल्नुपर्ने धारणा राख्दै उनले भने, ‘यहाँहरूले जे गरे पनि हामीले केही बोल्न नहुने? यो कस्तो लोकतन्त्र हो? कस्तो पार्टी हो?’ केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले महामन्त्रीहरू ‘चरी जेलै’ को अवस्थामा रहेको धारणा राखे। ‘महामन्त्रीहरूलाई बबुरा देखिरहेको छु। विधानले सबै अधिकार सभापतिलाई दिएको रहेछ,’ उनले भने, ‘चरी जेलैमा जस्तो देखेको छु।’ केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसलाई रूपान्तरित ढाँचामा लैजान अजेन्डा, प्रविधि र केही नीतिहरूमा सुधार गरेर अघि बढ्नुपर्ने बताए। भ्रष्टाचारमुक्त, सुशासनयुक्त कांग्रेस अहिलेको आवश्यकता भएको बताउँदै उनले भने, ‘भ्रष्टाचार विरोधी आन्दोलनको नेतृत्व कांग्रेसले पहिले पनि गरेको हो। अहिले पनि गर्न सक्छ, गराैं।’ केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले महामन्त्रीहरू ‘चरी जेलै’ को अवस्थामा रहेको धारणा राखे। ‘महामन्त्रीहरूलाई बबुरा देखिरहेको छु। विधानले सबै अधिकार सभापतिलाई दिएको रहेछ,’ उनले भने, ‘चरी जेलैमा जस्तो देखेको छु।’ केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले महामन्त्रीहरू ‘चरी जेलै’ को अवस्थामा रहेको धारणा राखे। ‘महामन्त्रीहरूलाई बबुरा देखिरहेको छु। विधानले सबै अधिकार सभापतिलाई दिएको रहेछ,’ उनले भने, ‘चरी जेलैमा जस्तो देखेको छु।’ १८ वर्ष उमेरदेखि ३५ वर्षका युवा कांग्रेसतिर आकर्षित नभएको धारणा राख्दै केन्द्रीय सदस्य प्रतिमा गौतमले युवा तथा विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम ल्याउनुपर्ने धारणा राखिन्। पार्टी संगठनलाई केन्द्रमा राखेर भ्रातृ संगठनलाई तत्काल पूर्णता दिनुपर्ने उनले बताइन्। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता बालकृष्ण खाणलाई निलम्बन गर्न आग्रह गरे। ‘कांग्रेस प्रचण्ड (पुष्पकमल दाहाल) नेतृत्वको सरकारमा मुख्य पार्टी हो। यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलगअलग आरोपमा अनुसन्धानका लागि थुनामा पठाएको छ। सभापतिज्यू यो प्रकरणमा हाम्रो दुविधा अचम्मको छ,’ उनले भने, ‘उहाँप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्छ। होइन भने थुनामा पठाउँदा पार्टीले निलम्बन गर्नुपर्छ कि पर्दैन?’ बैठक शुक्रबार पुनः बस्नेछ। बिहीबारको बैठकमा ३५ जनाले धारणा राखे। कांग्रेस नेताहरूले केन्द्रीय समितिको बैठक केही समय रोकेर महामन्त्री थापाको जन्मदिन केन्द्रीय कार्यालयमै मनाए।