नेपालमा आएर विदेशी विद्यार्थीलाई शिक्षा प्राप्त गर्ने वातावरण बनाऔं, सभापति देउवा

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १९,

मुलुकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताएका छन्। बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित शिक्षा नीति बहसलाई सम्बोधन गर्दै देउवाले शिक्षा क्षेत्रलाई थप बलियो बनाउनका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताएका हुन्। उनले युवालाई स्वदेशमै रहने वातावरण मिलाउन र शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नका लागि पाठ्यक्रममा आवश्यक सुधार गर्नुपर्ने धारणा राखे। उनले उच्च शिक्षा हासिलका लागि विदेशिनुपर्ने अवस्थालाई रोक्नका लागि नेपालमा नै उच्च शिक्षाको गन्तव्य बनाउनुपर्नेमा जोड दिए। देउवाले स्वदेशी मात्रै नभइ विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा आएर शिक्षा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताए।

Like